काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य एक हजार २६५ पुगेको महासंघले जनाएको छ ।