• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अब सम्पदा घुम्न ‘हेरिटेज पासपोर्ट’


बुधबार, जेठ १८, २०७९ मा प्रकाशित

राहदानी अर्थात् अंग्रेजीमा पासपोर्ट। विश्व सम्पदामा सूचीकृत स्थल घुम्दा पनि अलग्गै पासपोर्टको व्यवस्था छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ। तर, काठमाडौं वसन्तपुर दरबार स्क्वायरमा ‘हेरिटेज पासपोर्ट’को अवधारणा लागू भएको दुई दशक बितिसक्यो। तथापि, यसलाई अझ सहज बनाउने प्रयासमा दरबार संग्रहालय लागिपरेको छ।

Advertisement

खासमा, हेरिटेज पासपोर्ट भनेको सानो तर महत्त्वपूर्ण जानकारी दिने बुकलेट हो, जुन पासपोर्ट आकारको हुन्छ। सम्पदा अवलोकन गर्न आउने आन्तरिक–बाह्य पर्यटकलाई उक्त पासपोर्टमा छाप लगाएर दिइन्छ। त्यसको उद्देश्य हो, पर्यटकले आफूले घुमेको सम्पदा क्षेत्रबारे थोरै भए पनि जानकारी संग्रहित गर्न सकून्।

सन् २००० तिर काठमाडौंका सम्पदा क्षेत्रहरू खतराको सूचीमा थिए। अर्थात्, काठमाडौंमा रहेका सातवटा विभिन्न सम्पदा क्षेत्रलाई सुरक्षित गरिसकिएको थिएन। र, ती सम्पदा क्षेत्रलाई सुरक्षित बनाउन विभिन्न अभियान सञ्चालन भए। त्यसमध्ये वसन्तपुर दरबार क्षेत्रमा लागू गरिएको ‘हेरिटेज पासपोर्ट’को अवधारणा पनि एक थियो।

खासगरी, वसन्तपुर दरबार क्षेत्रमा घुम्न आउने स्कुले बालबालिका यसबाट बढी लाभान्वित हुनेछन्। उनीहरूले आफ्नो पाठ्यपुस्तकमा पढ्दै आएको वसन्तपुर दरबार क्षेत्रबारे घरमै सहायक सामग्री प्राप्त गर्छन्।

अहिले वसन्तपुर दरबार संग्रहालयका लागि पासपोर्टको नमूना तयार पारिएको छ। सम्पदामा घुम्न जाँदा निश्चित शुल्क तिर्नुपर्छ, त्यसको बदलामा संग्रहालयका कर्मचारीले पासपोर्टको रूपमा बुकलेट दिन्छन्। एउटा सानो बुकलेटमा सम्पदाका बारेमा धेरै महत्त्वपूर्ण जानकारी अटाउने किसिमले यसको डिजाइन गरिएको छ।

‘हेरिटेज पासपोर्ट धेरै पहिलेबाट आएको कन्सेप्ट हो। यसको शुरुवात हाल नेपालमा औपचारिक रूपमा हनुमान ढोकाबाट गर्दैछौं,’ हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाल भन्छन्, ‘ई–पासपोर्ट भनेर तयारी पूरा गरिएको छ। ई–पासपोर्टलाई लन्च गरेर वेवसाइटमा राखिनेछ। त्यसपछि आवश्यकताअनुसार जोकोहीले डाउनलोड गर्न सक्छन्। केही समयपछि प्रिन्टमै निकालेर सर्वसाधारण, विद्यार्थीदेखि अन्य अवलोकनकर्तालाई पनि प्रदान गरिनेछ।’

उनका अनुसार पासपोर्ट हाल अंग्रेजी सरल भाषामा लेखिएको छ। यसमा हनुमान ढोका दरबार क्षेत्रका विशेष तथा महत्त्वपूर्ण वस्तुहरूलाई समेटिएको छ। पासपोर्टजस्तै आकार दिइएकाले यसलाई सम्पदा पासपोर्ट भनिएको हो। उक्त पासपोर्टमा बालबालिकाले आफ्नो व्यक्तिगत विवरण पनि राख्न मिल्ने उनले बताए।

सम्पदा अवलोकन गरिसकेपछि पासपोर्टमा कार्यालयको छाप पनि लगाइने छ, पासपोर्टमा भिसा लगाएजस्तै। यसले बालबालिकालाई ज्ञान मात्र नभई स्वदेशी, विदेशी पर्यटकलाई राम्रो जानकारीमुलक बुकलेट हुन्छ भन्ने आशा गरिएको निर्देशक खनालले जानकारी दिए।

बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.