काठमाडौँ । दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगर १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागु औषध ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका हुन् ।
Advertisement
प्रहरी टोलीले घोराही उपमहानगर १४ निवासी २४ वर्षीय पुजन राज कुँवर र घोराही १५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।