• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

आफ्नै अनुभवमा धोका खाएका प्रभाकर, जो नयाँ पाइलटलाई तालिम दिन्थे

    Avatar photo
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित

काठमाडौँ । आइतबार बिहान वरिष्ठ पाइलट प्रभाकर घिमिरेले चलाएको तारा एयरको जहाज एकाएक सम्पर्कविहीन भयो । पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान उडान भरेको १२ मिनेटपछि नै सम्पर्कविहीन भएसँगै खोजी सुरु भयो ।

Advertisement

पटकपटक बेपत्ता विमान खोजीका लागि उडेको हेलिकोप्टर मौसमका कारण सम्भावित घटनास्थल पुग्न सकेन । आइतबार साँझसम्म विमानको खोजी कार्य सफल हुन सकेन ।

सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडेको विमान एक दिनपछि फेला पर्दा विमानमा सवार सबै जनाको शव फेला पर्यो ।

तारा एयरकै वरिष्ठ पाइलटका रुपमा कार्यरत पाइलट घिमिरे हवाई सेफ्टीमा निकै चासो राख्थे । उनी नयाँ पाइलटलाई तालिम नै दिन्थे ।

२२ वर्षदेखि उडान भर्दै आएका उनी सेफ्टीमा दत्तचित्त हुन्थ्ये । र, सबैलाई आफ्नो अनुभव दिँदै सचेत हुन आग्रह गर्थे । तर, आइतबार उनको सेफ्टी अनुभवले काम गरेन ।

उडान भर्नुअघि पनि घिमिरेले जहाजको सेफ्टी जाँच गराएका थिए । त्यसअघि सोही रुटमा समिट एयरले उडान भरिसकेको थियो ।

सेफ्टीकै लागि पाइलट घिमिरेले उड्नुअघि आफूभन्दा अगाडि गएको समिट एयरका पाइलटसँग सम्पर्क गरी मौसमको अवस्थाबारे जानकारी लिएका थिए ।

तारा एयरका ‘सेफ्टी डिपार्टमेन्ट डाइरेक्टर’समेत रहेका प्रभाकरलाई आफैँले उडान भरेको जहाजमा धोका भयो । आफ्नै अनुभवमा धोका खाएका उनी आफूले बोकेका यात्रुसहित कहिले नफर्किने बाटो गए ।

सन् २००५ मा तारा एयरको पाइलट बन्नुअघि उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी टिममा काम गर्थे । सन् १९९७ मा अमेरिका गएका उनी पाइलट कोर्स सकिएपछि नेपाल फर्किए । आफ्नो अनुभवलाई नेपालमै लागु गर्दै आए ।

  • पाइलट
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.