काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा १५ सय ५३ पीसीआर परीक्षण गर्दा ५ र ८५८ एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १०२ जना छ।