काठमाडौँ । काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेका छन् । मेयरमा निर्वाचित बालेन साह, उपमेयरमा निर्वाचित सुनिता डंगोलसहित सबै वडाध्यक्ष तथा वडा सदस्यहरूले सपथ ग्रहण गरेका हुन् ।
Advertisement

राष्ट्रिय सभागृहमा भएको सथप ग्रहण समारोहमा मेयर बालेन शाह नेपाली राष्ट्रिय पोसाकमा पुगेका थिए । बालेनले दौरा सुरुवालमा कालो टोपी र कालो चश्मा लगाएका थिए । उनी काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारबाट विजयी भएका हुन् ।

यस्तै, उपमेयरमा विजयी सुनिता डंगोल पनि औपचारिक पोसाकमा पुगेकी थिइन् । उनले ढाकाको चोलो र साडी लगाएकी थिइन् । उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन् ।
सपथ ग्रहण समारोहमा बालेन पत्नी सविता काफ्लेसहित पुगेक थिए ।
