काठमाडौँ । यातायात व्यवस्था विभागले सबै अनलाइन आवेदन रद्द गरेको छ । अहिलेसम्म दिएको सबै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन रद्द गरेको हो ।
Advertisement
विभागले नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै सबै आवेदन रद्द गर्दा नयाँ तथा वर्ग थप गर्न पुनः आवेदन माग गरिएको छ ।
नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुने छ । यस्तै, वर्ग थप गर्न अर्को सातादेखि आवेदन खुला हुने छ ।
