काठमाडौँ । आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाजमा स्थानीयबासीले शव संकलन गर्न थालेका छन् । उनीहरूका अनुसार जहाजमा आगो लागेको छैन ।
Advertisement
स्थानीय इन्द्रसिंह शेरचनका अनुसार शव भिर र खोँचमा पुगेको छ । केही शव भने संकलन भइसकेको छ ।
‘शवहरू गन्दै छौँ, अप्ठेरो ठाउँमा छ,’ उनले भने, ‘सबै शवहरू चिनिने अवस्थामा छ, जहाजमा आगो लागेको छैन ।’ घटनास्थलमा नेपाली सेना जाँदै छ ।