काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए ।उक्त जहाजमा यात्रुका रुपमा थिए, यति एयरलाइन्सकै अर्का पाइलट, वसन्त लामा ।
यति एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जाँदै थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन उनी जोमसोम जान लागेका हुन् ।
यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइलट लामाले चार वटा उडान भरेका थिए । बिहान जहाज उडाएपछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागे ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् ।
सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।
यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।