काठमाडौँ । दाङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न जाँदा गोली चलेको हो ।
Advertisement
गोली लागेर लमही नगरपालिका १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको घाँटीमा गोली लागेको छ ।
घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।