• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, मङि्सर ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक

कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ३. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ४. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ५. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ६. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ९. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • १०. विश्‍व घटना : ५८१ वर्षयताकै लामो चन्द्रग्रहण !

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल


    Avatar photo
सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उहाँले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गर्नुभयो ।

निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउन कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताउनुभयो ।

मन्त्री रावलले भन्नुभयो, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विद्येयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पुरा गर्नुपर्छ ।”

निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उहाँले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राख्नुभयो ।

कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।”

उहाँले सार्वजनिक सेवामा सामान्य कामसमेत पुरा गर्न सेवाग्राहीले लामो समय कुर्नु, बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले नागरिकमा निरासा बढाएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुन पर्नेमा जोड दिनुभयो ।

मन्त्री रावलले राज्यबाट जनतालाई प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने काम कर्मचारीको मुख्य दायित्व भएको बताउनुभयो ।

उहाँले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्दै निजामती सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले राज्यबाट प्रदान गरिने सेवा प्रवाह विभिन्न निकायसँग समन्वय र साझेदारी गरिए सरकारको कार्ययोजना सहजरुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान, सीप र क्षमता हासिल गर्न र सेवाकालीन जीवनमा लागू गर्न आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेश अधिकृतलाई जनताको सेवामा उत्कृष्टता ल्याउने प्रवृत्तिको विकास गर्न सुझाव दिनुभयो ।

परराष्ट्र मन्त्राालयका निमित्त सचिव कृष्ण ढकालले राज्य सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नु ठूलो सम्मानित अवसर र जिम्मेवारी भएको हुँदा सेवाकालीन तालिम ज्ञान र चेतनाको जन्म दिने थलो भएको बताउनुभयो ।

सङ्घीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले नवप्रवेशी अधिकृतलाई भ्रष्टाचारलाई निरुत्साहित गर्दै नैतिकता र सदाचार अवलम्बन गर्ने जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै आफूलाई निस्वार्थ राष्ट्र सेवामा समर्पित गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले निजामती सेवाका नवप्रवेशीका लागि सक्षमतामा आधारित छ महिने पाठ्यक्रमले सार्वजनिक प्रशासनको आधारभूत मुल्य र मान्यता विकास गर्ने बताउनुभयो ।

आजबाट छ महिनसम्म सञ्चालन हुने सेवाकालीन तालिममा परराष्ट्र सेवाका ९ जना, लेखापरीक्षण समूहका ११ जना, सङ्घीय संसद् सेवाका ४ जना, सामान्य प्रशासनतर्फका १२८ जना र राजश्वतर्फका ३७ जना गरी १८९जना अधिकृत सहभागी हुनुहुन्छ ।

सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक
कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
सभामुख अर्यालसँग राजदूत पार्कको भेट

भर्खरै

  • १.
    उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक

  • २.
    कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

  • ३.
    उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

  • ४.
    प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

  • ५.
    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

  • ६.
    निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

  • ७.
    सभामुख अर्यालसँग राजदूत पार्कको भेट

  • ८.
    राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.