• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, मङि्सर ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक

कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ३. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ४. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ५. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ६. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ९. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • १०. विश्‍व घटना : ५८१ वर्षयताकै लामो चन्द्रग्रहण !

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह


    Avatar photo
सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद–२०८३ लाई भव्य र सफल बनाउन हवाई सेवा सहज तथा प्रभावकारी बनाउन वायुसेवा सञ्चालकहरूलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी तथा आन्तरिक वायुसेवा सञ्चालकका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले खेलकुदका क्रममा खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूको आवतजावत सहज बनाउन आवश्यक समन्वय गर्न सुझाव दिनुभएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदका केही खेल भोलिदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मङ्सिर १६ गते हुनेछ । छलफलका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई प्रतियोगितामा सीमित नराखी राष्ट्रिय महोत्सवका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतियोगिताको व्यापक प्रचारप्रसार, प्रवर्द्धन, मार्केटिङ तथा ब्रान्डिङमार्फत मुलुकमा खेलकुदको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय खेलकुदलाई नयाँ तरिकाबाट लैजानुपर्छ। मार्केटिङ र ब्रान्डिङ गरी यसैमार्फत मुलुकमा खेलको माहोल बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदलाई कम्तीमा एसियन र ओलम्पिक गेम्सको स्तरमा पुर्‍याउने लक्ष्यसहित तयारी गर्नुपर्छ । यसलाई एसियन र ओलम्पिक खेलकुदको छनोट प्रतियोगिताका रूपमा समेत हेर्नुपर्छ ।”

मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन समयमै समन्वय तथा तयारी गर्नुपर्ने बताउनुभयो । सुर्खेत, जुम्लालगायत प्रतियोगिता आयोजना हुने गन्तव्यमा खेलाडी तथा खेलप्रेमीको चाप बढ्ने भएकाले आवश्यकताअनुसार उडान व्यवस्थापन गर्न उहाँले वायुसेवा कम्पनीलाई आग्रह गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले राष्ट्रिय खेलकुदलाई सफल बनाउन खेल प्रवर्दनका साथै प्रचारप्रसारमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले राष्ट्रिय खेलकुदलाई सफल बनाउन एयरलाइन्सले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई लक्षित गरी आवश्यकताअनुसार खेल आयोजना हुने गन्तव्यमा उडान सङ्ख्या विस्तार गर्न आग्रह गर्नुभयो ।

क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले प्रतियोगिता सफल बनाउन हवाई सेवा व्यवस्थित, सहज र प्रभावकारी बनाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिले राष्ट्रिय खेलकुद अवधिभर सुर्खेत, जुम्लालगायत गन्तव्यमा हवाई सेवा सहज बनाउन प्रतिबद्धता जनाएका छन् । यात्रुको चाप र आवश्यकताका आधारमा उडान संख्या थप गर्नसमेत आफूहरू तयार रहेको उनीहरूले बताएका छन् ।

हाल सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । सुर्खेतलाई आधार बनाएर तारा एयर र सीता एयरले जुम्लामा सातामा दुई उडान गरिरहेको जानकारी दिइयो ।

त्यस्तै जुम्लामा नेपाल वायुसेवा निगम र समिट एयरका विमानमार्फत हवाई सेवा थप सहज बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।

सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक
कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

भर्खरै

  • १.
    उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक

  • २.
    कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

  • ३.
    उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

  • ४.
    प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

  • ५.
    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

  • ६.
    निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

  • ७.
    सभामुख अर्यालसँग राजदूत पार्कको भेट

  • ८.
    राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.