• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, मङि्सर १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भारतमा छोराभन्दा छोरी बढी !

राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने

जुवातास खेल्ने १६ जना पक्राउ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

लोकप्रिय समाचार

  • १. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • २. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ३. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ४. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ५. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ६. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ७. राशिफल : तुला- धन आर्जन, धनु- अवसरको खोजी

  • ८. राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने

  • ९. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • १०. सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

प्रम शाहको भारत भ्रमण ः रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा


    Avatar photo
सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित

काठमाडौँ- भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको हो ।

उक्त रकममध्ये रु ५६ अर्ब विपद्पछिको पुनःनिर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप र रु एक खर्ब ८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने छ । सहायताअन्तर्गत सञ्चालन हुने परियोजना र कार्यान्वयनको प्रक्रिया दुवै देशबीचको आपसी परामर्शबाट टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । नेपालमा हाल सञ्चालन भइरहेका विकास परियोजना, उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् । भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

‘विकसित भारत, समुन्नत नेपाल’ संयुक्त दृष्टिकोण

नेपाल र भारतले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र अङ्गीकार गरेका छन् । यसले दुई देशबीचको भविष्यउन्मुख साझेदारीका लागि नयाँ मार्गचित्र प्रस्तुत गर्नेछ । संयुक्त दृष्टिकोणमा आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, यातायात, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको छ ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) प्रयोग गर्न नयाँ पहुँच मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार निर्माण भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ ।

यसले नेपालको तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाइने

नेपाल र भारतबीचको हवाई सम्पर्क विस्तार गर्न हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी ३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यविधि अन्तिम रूप दिइनेछ । नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि दुवै पक्षले छलफल जारी राख्ने भएका छन् ।

दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरिएको छ । यस रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भारत र नेपालबीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सेवाको सम्भावना खोजिने भएको छ ।

त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम रूप दिइएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतले सहकार्य गर्ने भएको छ ।

सीमा पूर्वाधार र एकीकृत जाँच चौकी विस्तार

नेपाल र भारतबीच सीमापार व्यापार तथा आवागमन सहज बनाउन नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

दुवै प्रधानमन्त्रीले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको भर्चुअल शिलान्यास गरेका छन् । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि सन्तुष्टि व्यक्त गरिएको छ ।

यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटर चल्ने पुल उद्घाटन गरिएको छ । यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष आवागमनलाई सहज बनाउनेछ ।

सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्याहरू समाधान गर्न दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति भएको छ ।

पेट्रोलियम पाइपलाइन र झापामा नयाँ टर्मिनल

नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ ।

त्यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ ।  सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ ।

जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपालमा भारतीय कम्पनीहरूको सहभागितामा निर्माण भइरहेका परियोजनालाई शीघ्र सम्पन्न गर्ने सहमति भएको छ । यसै अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।

त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अन्तिम रूप दिई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको म्एच् निर्माण कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ ।

नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोदोधारा–भारतको बरेलीबीच दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनसम्बन्धी प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

यसैगरी नेपालको उच्च शिक्षा तथा प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थानको सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने सहमति गरेको छ ।

यसबाट नेपालको शिक्षा तथा अनुसन्धान क्षेत्रमा सहयोग पुग्नुका साथै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । दुवै देशले स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्क सञ्जालको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन सहजीकरण गर्ने सहमति भएको छ ।

आठ  समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । ती समझदारीपत्रहरूमा निम्न विषय समेटिएका छन् ः

– राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय, भारत र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य ।
– भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य ।
– नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम ।
– आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य ।
– दक्षिण एसिया उपग्रहको उपयोगका लागि भू–उपग्रह सञ्चार सञ्जाल स्थापना ।
– दिगो सहरी विकासमा प्राविधिक सहकार्य ।
– स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य ।
– पशुधन तथा मत्स्य विकासमा सहकार्य ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ । प्रधानमन्त्री मोदीले उक्त निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै देशबीचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिले नियमित उच्चस्तरीय भ्रमण तथा आर्थिक र विकास सहकार्यलाई थप अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : भारतमा छोराभन्दा छोरी बढी !
राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने
जुवातास खेल्ने १६ जना पक्राउ
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : भारतमा छोराभन्दा छोरी बढी !

  • ३.
    राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने

  • ४.
    जुवातास खेल्ने १६ जना पक्राउ

  • ५.
    नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

  • ६.
    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

  • ७.
    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

  • ८.
    चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.