• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, मङि्सर ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लागुऔषधसहित १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

नेपालगञ्जमा रगत अभाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ३. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ५. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ६. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ९. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

  • १०. विश्‍व घटना : अफ्रिका महादेशकै पहिलो बुलेट ट्रेन

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज


    Avatar photo
शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

बाँके- सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ ।

नेपालगञ्जबाट आधा घण्टाको यात्रामै पुग्न सकिने बाँके राष्ट्रिय निकुञ्ज प्रकृतिसँग साक्षात्कार गर्ने, वन्यजन्तुलाई नजिकबाट नियाल्ने र जङ्गलको मौनताभित्र रोमाञ्चक अनुभव बटुल्ने गन्तव्य बनेको छ । वर्षायाम सकिएसँगै सुरु भएको हिउँदको यो खुला मौसम, चिसो हावा र हरियालीको सुवाससँगै सुरु भएको जङ्गल सफारीले बाँकेमा पर्यटनको नयाँ सम्भावना र ऊर्जा थपिदिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले पश्चिम नेपालमा पर्यटन प्रवर्द्धनको लागि बाँके राष्ट्रिय निकुञ्ज नयाँ ब्राण्ड बनेको बताउनुभयो । टाढाका पर्यटकीय गन्तव्यको चर्चा गर्दा आफ्नै नजिकको सम्भावनालाई बिर्सने हाम्रो प्रवृत्तिलाई बदलेर अब बाँके निकुञ्जमै पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । “घुम्नका लागि सधैँ टाढा पुग्नुपर्दैन । कहिलेकाहीँ आफ्नै वरिपरि लुकेका प्रकृतिको संसार चिन्न र त्यसलाई अरु माझ चिनाउनु नै पर्यटन विकासको पहिलो पाइला हुन्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तुको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।”

उहाँका अनुसार जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आफैँमा एउटा विशेष अनुभव हो । समयले साथ दिए बाघ, हात्ती, चित्तल, नीलगाई वा अन्य वन्यजन्तुको झलक देख्न पाउनु यात्राको अविस्मरणीय क्षण बन्न सक्छ । जङ्गल सफारीको वास्तविक आनन्द, प्रकृतिको वातावरणमा रमाउनु र वन्यजन्तुलाई उनीहरुको प्राकृतिक बासस्थानमै सम्मानपूर्वक अवलोकन गर्नुमा छ । हिउँदे मौसममा परिवार, साथीभाइ, विद्यार्थी समूह, प्रकृति प्रेमी र फोटोग्राफीमा रुचि राख्नेहरुका लागि यो आकर्षक गन्तव्य बन्न सक्छ । सीमित समय र बजेटमा छोटो यात्रा गर्न चाहनेहरुका लागि पनि नेपालगञ्ज आसपासको यो प्राकृतिक सम्पदा राम्रो विकल्प रहेको उहाँको भनाइ छ ।

पर्यटनको ब्राण्ड

बाँके राष्ट्रिय निकुञ्जको महत्व वन्यजन्तु संरक्षणमा मात्र सीमित छैन । यसले बाँके जिल्लाको पर्यटन पहिचान विस्तार गर्ने, स्थानीय अर्थतन्त्रमा नयाँ गतिविधि थप्ने र नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवेशद्वारका रुपमा स्थापित गर्ने सम्भावना बोकेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताउनुभयो । “कुनै गन्तब्य आफैँ चर्चित हुँदैन । त्यसका लागि निरन्तर प्रचार, सहज पहुँच, गुणस्तरीय सेवा, स्पष्ट पर्यटकीय प्याकेज र पर्यटकले अनुभव सुनाउने वातावरण चाहिन्छ,” उहाँले भन्नुभयो, “पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक हुन सक्छ । होटल व्यवसायी, ट्राभल्स तथा टुर सञ्चालक, यातायात व्यवसायी, रेष्टुरेन्ट, स्थानीय उद्यमी, सञ्चार माध्यम र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले यस निकुञ्जलाई साझा गन्तब्यका रुपमा प्रचार गर्न सक्छन् ।”

उहाँका अनुसार, नेपालगञ्जका होटलहरुले पाहुनलाई स्वागत गर्दा वा पर्यटनसम्बन्धी जानकारी दिँदा निकुञ्ज सफारीको विकल्प प्रस्तुत गर्न थालेका छन् । होटलमा बस्ने पर्यटकलाई एकदिने जङ्गल सफारी, स्थानीय खानपान र आसपासका गन्तव्य समेटिएको प्याकेज उपलब्ध गराउन सकिन्छ । निजी क्षेत्रले प्रचारमा लगानी गर्दा त्यसको लाभ एउटै व्यवसायमा सीमित हुँदैन । पर्यटकको आवागमन बढेमा होटल, याताया, खानपान, गाइड सेवा, स्थानीय उत्पादन र साना उद्यम सम्म आर्थिक गतिविधि फैलिन सक्छ । त्यसैले निकृञ्चको ब्राण्डिङलाई बाँकेको साझा आर्थिक अभियानका रुपमा बुझ्नुपर्ने उहाँको सुझाव छ ।

पर्यटन प्रवर्द्धन गर्दै तारे होटल

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि यहाँका तारे होटल पनि सक्रिय छन् । निकुञ्जमा पाँचवटै जङ्गल सफारी रुट सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवद्र्धन र पर्यटक आकर्षणका लागि बाँकेका तारे होटल व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज र कोहलपुरस्थित तारे होटलहरूले विशेष ‘सफारी प्याकेज’ तयार पार्ने तयारी तीव्र बनाएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा जिल्लामा पर्यटकको आगमन र बसाइ अवधि बढाउने उद्देश्यले होटल व्यवसायीहरूले निकुञ्ज प्रशासन र स्थानीय होमस्टेसँगको सहकार्यमा एकीकृत पर्यटन प्याकेज निर्माणको पहल थालेको नेपाल पर्यटन बोर्ड, नेपालगञ्जका अध्यक्ष डिल्ली रेग्मीले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा स्थापित गर्न होटल व्यवसायीहरूलाई नै योजनाको केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने रणनीति अघि बढाइएको उहाँले बताउनुभयो ।

रेग्मीका अनुसार, निकुञ्जको पर्यटन प्रवर्द्धनलाई होटल व्यवसायसँग जोड्दै पर्यटकका लागि सहज, आकर्षक र व्यवस्थित प्याकेज निर्माण गर्न बाँकेका तारे होटल सञ्चालकलाई सहभागी गराएर उनीहरूकै अनुभव, लगानी र व्यावसायिक क्षमताको उपयोग गर्दै सफारी प्याकेजको योजना बनाउने काम भइरहेको छ । प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात व्यवस्था, अनुभवी पथप्रदर्शक (गाइड), निकुञ्ज प्रवेश शुल्क, जिप सफारी तथा स्थानीय परिकारको स्वादलगायतका सेवा समेटिनेछन् । यसले पर्यटकलाई एउटै प्याकेजमार्फत सम्पूर्ण सेवा उपलब्ध गराउनुका साथै स्थानीय समुदाय, होमस्टे र होटल व्यवसायलाई समेत प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।

जङ्गल सफारीसँगै पर्यटन चहपहल

वर्षायाममा रोकिएको जङ्गल सफारी पुनःसुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटाहरू मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनःखुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टे (घरवास)का अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँका अनुसार, नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधतले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ र संरक्षित वन्यजन्तु ‘चौसिङ्गा’ (चारवटा सिङ भएको मृग) यस निकुञ्जको मुख्य पहिचान हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा, र विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकन गर्न पाउँदा यहाँ पुग्ने जो कोही रोमाञ्चित हुन्छन् ।

यसपटक पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित मात्र रु एक हजारको नयाँ प्याकेजसमेत सार्वजनिक गरेका छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । योे प्याकेजले मध्यमवर्गीय र युवा पर्यटकलाई निकै आकर्षित गरेको छ । यस प्याकेजले कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव दिलाउने चौधरीले बताउनुभयो । “बर्सातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ, “गाभर भ्यालीका अध्यक्ष चौधरीले भन्नुभयो, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।”

बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा निकुञ्चमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२० र २०८०÷८१ मा ४४४ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन कँडेलले बताउनुभयो ।

बाघको सङ्ख्या दोब्बर बढ्योे 

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको सङ्ख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको बताउनुभयो । “बाघको सङ्ख्या थपिदै जाँदा मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रुपमा काम हुँदै आएको छ, हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ ।”

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ । यस निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो ।

 

शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
लागुऔषधसहित १७ जना पक्राउ
जुवाको खालबाट २५ जना पक्राउ
नेपालगञ्जमा रगत अभाव
ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

भर्खरै

  • १.
    बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

  • २.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ३.
    लागुऔषधसहित १७ जना पक्राउ

  • ४.
    जुवाको खालबाट २५ जना पक्राउ

  • ५.
    नेपालगञ्जमा रगत अभाव

  • ६.
    ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

  • ७.
    सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

  • ८.
    चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.