• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, मङि्सर ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट

पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ४. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ५. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. राशिफल : वृष- मानप्रतिष्‍ठा, सिंह- राम्रो समय

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ९. दुई सातामै आयो भारतसँगै इजरायल र चीनका लागि प्रस्तावित राजदूतको एग्रिमो

  • १०. दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा


    Avatar photo
मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दा सो धारण राख्नुभएको हो ।

संवादमा उहाँले नेपालका लागि नोक्सानी र क्षति सैद्धान्तिक बहस नभई दैनिक जीवनको यथार्थ भएको उल्लेख गर्नुभयो । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका गम्भीर असर भोग्नुपरेको बताउँदै मन्त्री चौधरीले हिमनदी पग्लिने क्रम तीव्र हुनु, हिमताल विस्फोटबाट हुने बाढी, पहिरो, खडेरी, वन डढेलो तथा अतिवृष्टिजस्ता घटनाले जनजीवन, जीविकोपार्जन, पूर्वाधार र पारिस्थितिक प्रणालीमा गम्भीर असर पारेको बताउनुभयो ।
उहाँले सन् २०२६ अगस्टमा आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीलाई जलवायु सङ्कटको पछिल्लो गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । मन्त्री चौधरीले विपद्बाट प्रारम्भिक अनुमानअनुसार करिब दुई अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको र पुनरुत्थान तथा पुन:निर्माणका लागि करिब चार अर्ब ८० करोड अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुभयो ।

नेपालले अति कम विकसित मुलुक तथा हिमाली राष्ट्रको जलवायु न्याय, समानता र उत्तरदायित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ । त्यसैगरी, राष्ट्रिय प्रणाली सुदृढीकरण तथा जलवायु उत्थानशीलता अभिवृद्धिलाई प्राथमिकता दिएको छ । मुलुकले विकास साझेदारको सहयोगमा राष्ट्रिय जलवायु नीति, राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी), हिमताल जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणाली, विपद् पुनरुत्थान तथा जलवायु परिवर्तनबाट उत्पन्न नोक्सानी र क्षतिसम्बन्धी राष्ट्रिय रणनीति निर्माणका काम अघि बढाइएको छ ।

मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ जनाको मृत्यु, दुई जना गम्भीर घाइते
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

भर्खरै

  • १.
    सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

  • २.
    बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

  • ३.
    मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट

  • ४.
    पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५.
    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

  • ६.
    अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.