काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएसँगै बालेन शाहलाई उनकी श्रीमतीले बधाई दिएकी छन् । शाहकी श्रीमती सबिना काफ्लेले फेसबुकमार्फत बधाई दिएकी हुन् ।
Advertisement
‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ,’ उनले लेखेकी छन् ।
उनले घरभित्र जितेर हिँडेको मानिसको बाहिर कहिले हार नहुने बताउँदै आफूले कहिले हार्न नदिने बताएकी छन् ।
‘म तिमीलाई कहिले हार्न दिने छैन, मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुने छ,’ काफ्लेले भनेकी छन् ।