काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० मा कारोबार सुनमा आज प्रतितोला २०० रुपैयाँ बढेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । उक्त सुन हिजो प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २८० पुगेको छ ।