• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

सालका रुख अवैध रुपमा कटान

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

लोकप्रिय समाचार

  • १. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • २. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ४. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ८. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ९. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • १०. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार


    Avatar photo
आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित

जनकपुरधाम- दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।

बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् । चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् ।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले उहाँहरू अहिले उनीहरु उत्पादनमा केन्द्रित छन् । “कारोवार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ”, खजुरीका पृतम पण्डितले भन्नुभयो, “त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौँ ।”

उहाँहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो ।
‘‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको हो”, स्थानीय सुन्दर पण्डिलले भन्नुहुन्छ, “हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो ।”

“दसैँ सकिएलगत्तै माटोका भाँडा बनाउने काममै लागेकै हुन्छु,” अयोधि पण्डितले भन्नुभयो, “अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ ।” दसैँदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा रु एक लाखसम्म आम्दानी हुने उहाँले बताउनुभयो ।

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताउनुभयो ।

प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उहाँको कथन छ ।

“कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो,” रामनारायणले भन्नुभयो, “तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन् । चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ ।”

बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ ।

आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
सालका रुख अवैध रुपमा कटान
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा
भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते
चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भर्खरै

  • १.
    स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

  • २.
    सालका रुख अवैध रुपमा कटान

  • ३.
    राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

  • ४.
    सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

  • ५.
    भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

  • ६.
    चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ७.
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

  • ८.
    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.