• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर


    Avatar photo
बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित

काठमाडौं- आज २९ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८६३- रेडक्रसको स्थापना

रेडक्रसको अन्तर्राष्‍ट्रीय समिति (आईसीआरसी) आजकै दिन गठन भएको थियो। रेडक्रस संसारको एक मात्र सर्वसम्मत मानवीय सहायता संस्था हो, जसले तीनपटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।

– सन् १९११- जोसेफ पुलित्जरको निधन

विश्‍व विख्यात अमेरिकी पत्रकार जोसेफ पुलित्जरको निधन आजकै दिन भएको थियो। हंगेरियन-अमेरिकी मुलका उनी अमेरिकी राजनीतिज्ञ र पत्रिका प्रकाशक पनि थिए। उनी नै विश्‍व पत्रकारितामा ‘पीत’ विधा स्थापित गर्ने पत्रकार हुन्। ‘पीत पत्रकारिता’को संसारभर आलोचना हुने गरे पनि उनले नयाँ शैलीको पत्रकारितामार्फत योगदान दिएको मानिन्छ। समाचार सनसनीपूर्ण सामग्री, यौन, अपराध र हरर ग्राफिकमार्फत उनले पत्रकारितालाई समाजमा चिनाएको मानिन्छ। पछि उनी न्युयोर्कबाट डेमोक्रेटिक पार्टीको सांसद निर्वाचित भएका थिए। १० अप्रिल १८४७ मा जन्मेका उनको २९ अक्टोबर १९११ मा निधन भएको थियो।

– सन् १९२९- अमेरिकी सेयर बजार कोल्याप्स

सन् १९२९ मा आजकै दिन अमेरिकी सेयर बजार कोल्याप्स भएको थियो। एकै दिन करिब १ करोड ३० लाख कित्ता अमेरिकी सेयर बिक्री भएको पाँचौं दिन आजै त्यसबाहेकको १ करोड ६० कित्ता पनि बिक्री भएको थियो। त्यसैले यस दिनलाई ‘ब्ल्याक ट्युस्डे’ नाम दिइएको थियो। र, अमेरिकी सेयर बजारमा महामन्दीका रूपमा आजको दिनलाई लिने गरिन्छ।

– सन् १९९८- ७७ वर्षीय वृद्धको अन्तरिक्ष यात्रा

सन् १९९८ मा आजकै दिन एक ७७ वर्षीय वृद्धले अन्तरिक्षको यात्रा गरेका थिए। उनी थिए, जोन ग्लेन। उनी डिस्कोभरी सटलमार्फत अन्तरिक्ष यात्रामा निस्किएका थिए। १८ जुलाई १९२१ मा जन्मेर ८ डिसेम्बर २०१६ मा निधन भएका उनी अमेरिकी मरिनमा एभिएटर, इन्जिनियर, खगोलशास्त्री, व्यापारी र राजनीतिज्ञ पनि थिए। उनी पृथ्वीको कक्षमा पुग्‍ने पहिलो अमेरिकी पनि हुन्। सन् १९७४ देखि १९९९ सम्म उनी ओहायोबाट अमेरिकी संसदमा सिनेटर पनि रहे। अन्तरिक्ष यात्रा गर्ने उनी तेस्रो अमेरिकी हुन्। दोस्रो विश्‍वयुद्धमा उनी अमेरिकी वायु सेनाका फाइटर जहाजका पाइलट थिए। उनले अमेरिकाको पहिलो प्यानोरमिक तस्बिर खिचेका थिए, जहाजमार्फत।

– सन् १९९८- हुरिकेन ‘मिच’ले लियो ११ हजारको ज्यान

क्यारिबियन मुलुक होन्डुरससहित मध्य अमेरिकामा आजकै दिन समुद्री तुफान ‘मिच’ले ११ हजारजनाको ज्यान लिएको थियो। यो शक्तिशाली समुद्री तुफान थियो। होन्डुरसको उत्तरी क्षेत्र यसबाट बढी प्रभावित भएको थियो।

– सन् १९९९- हिन्द महासागरको तुफानले लियो झण्डै १० हजारको ज्यान

सन् १९९९ मा हिन्द महासागरबाट शुरु भएको ट्रपिकल सुपर साइक्लोनका कारण भएको वर्षा, बाढी र पहिरोको प्रकोपमा परी ९ हजार ८८५ जनाले ज्यान गुमाएका थिए। साइक्लोनबाट भारतको उडिसा राज्यमा विनाशलिला मच्चिएको थियो।

– सन् २००५- नयाँदिल्लीमा आतंकवादी आक्रमण

सन् २००५ मा आजकै दिन भारतको राजधानी नयाँदिल्लीमा आतंकवादी आक्रमण भएको थियो। ३ फरक ठाउँमा गराइएको बम विष्‍फोटमा परी ६२ जनाले ज्यान गुमाएका थिए। दिवाली शुरु हुनु केही दिनअघि उक्त आक्रमण भएको थियो। पाकिस्तानी आतंकवादी संगठनले उक्त आक्रमणको जिम्मा लिएको थियो। इन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठनको पनि यसमा संलग्‍नता देखिएको थियो।

– सन् २०१२- चक्रवातबाट अमेरिकामा ५० अर्बको क्षति

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको चक्रवात ‘स्यान्डी’का कारण ५० अर्ब डलरभन्दा बढीको क्षति भएको थियो। चक्रवातका कारण भिषण वर्षा र भूक्षय भएको थियो।

– सन् २०१५- चीनमा एक बच्चा नीति अन्त्य

चीनले आजकै दिन लामो समयदेखि अपनाउँदै आएको एक सन्तान नीति अन्त्य भएको थियो। त्यसको शुरुवात सन् २०१६ को शुरुदेखि भएको थियो। र, चीनका नागरिकहरू दुई सन्तान जन्माउन सक्षम भएका थिए।

– सन् २०१८- लायन एयर दुर्घटनामा १८९ को मृत्यु

सन् २०१८ मा आजकै दिन इन्डोनेसियाको लायन एयरको जेट विमान दुर्घटनामा १८९ जनाको ज्यान गएको थियो। विमानमा १८१ यात्री र चालक दलका ८ सदस्य थिए। बोइङ-७३७ म्याक्स विमान जाभा समुद्रमा खसेको थियो।

– सन् २०२२- दक्षिण अफ्रिकाका राजालाई पहिर्‍याइयो मुकुट

दक्षिण अफ्रिकाका जुलु समुदायका नयाँ राजालाई आजकै दिन मुकुट पहिर्‍याइएको थियो। मिसुजुलु काज्वेलिथिनी त्यहाँका नयाँ राजा बनेका थिए। जुलु समुदाय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो जनजाति समूह हो। र, उक्त समुदायमाझ अझै पनि राजा रहने प्रचलन छ। त्यसो त, दक्षिण अफ्रिका गणतान्त्रिक शासन व्यवस्था रहेको मुलुक हो। र, राष्‍ट्रपति नै त्यहाँका राष्‍ट्र प्रमुख र कार्यकारी प्रमुख रहन्छन्। सन् १९९४ को लोकतान्त्रिक निर्वाचनयता पहिलोपटक त्यहाँका राजाको राज्यारोहण भएको थियो।

– सन् २०२२- दक्षिण कोरियामा मारिए १५५

सन् २०२२ मा दक्षिण कोरियामा हलोविन पर्वका बेला भएको भागदौडमा १५५ जना मारिएका थिए। राजधानी सोलमा अत्यधिक भीडका कारण उक्त घटना भएको थियो।

– सन् २०२४- मेक्सिकोमा भेटियो विशाल माया शहर

सन् २०२४ मा आजकै दिन मेक्सिकोको क्यापेचे राज्यमा प्राचीन माया शहरको भग्‍नावशेष उत्खनन् गरिएको थियो। भेलेरियाना नामक उक्त शहरमा सन् ७५० देखि ८५० सम्म ५० हजार मानिसको बसोबास रहेको अनुमान छ। लिडार लेजर सर्वेक्षणमार्फत उक्त शहरको उत्खनन् गरिएको हो।

– सन् २०२४- स्पेन बाढीमा मारिए २२२

सन् २०२४ मा आजकै दिन स्पेनको बाढीमा परी २२२ जनाको ज्यान गएको थियो। खासगरी, दक्षिणपूर्वी भ्यालेन्सिया क्षेत्रमा बाढीले बढी क्षति गरेको थियो।

– सन् २०२५- एनभिडिया बन्यो ५ ट्रिलियन डलरको कम्पनी

अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया आजकै दिन अमेरिकी इतिहासमै पहिलोपटक ५ ट्रिलियन डलरको मालिक बनेको थियो।

बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने
टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !
हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

भर्खरै

  • १.
    विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

  • २.
    राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ३.
    टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

  • ४.
    हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

  • ५.
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

  • ६.
    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • ७.
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.