• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ८. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग


    Avatar photo
बुधबार, कार्तिक १२, २०८३ मा प्रकाशित

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बाढी प्रभावित क्षेत्रमा कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको विस्तृत तथ्याङ्क उपलब्ध गराउन कृषि, वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ ।

समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गर्नुभयो । उहाँले प्रभावित क्षेत्रको वास्तविक क्षति र नागरिकका आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका उपाय पहिचान गर्न विषयविज्ञसँग सघन छलफल गरिने बताउनुभयो । सभापति पौडेलले प्रभावित ४९ वडाको विस्तृत विवरण प्राप्त भएपछि मात्रै स्थलगत अनुगमन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

समितिको आजको बैठकमा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालीको क्षति र मूल्य, पशुपन्छीको क्षति, जलचरको आर्थिक मूल्याङ्कन, बगाएको खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण अन्तिम रूप दिन बाँकी रहेको र तथ्याङ्क तथा प्रतिवेदन समितिलाई उपलब्ध गराइने बताउनुभयो ।

मन्त्रालयले बालीको क्षति मूल्याङ्कन गर्दा लगाइएको बाली, त्यसको मूल्य, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यलाई आधार बनाउने सचिव डा मिश्रले बताउनुभयो । पशुपन्छीको क्षति किसान सूचीकरणबाट प्राप्त तथ्याङ्कका आधारमा मूल्याङ्कन भइरहेको उल्लेख गर्दै उहाँले जलचर तथा बगाएको जमिनको क्षति मूल्याङ्कनका लागि थप अध्ययन भइरहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले अन्तरराष्ट्रिय लस एन्ड ड्यामेज (हानीनोक्सानी) कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलरको प्रस्ताव पेस गर्न अवसर दिने निर्णय भएको समितिलाई जानकारी दिँदै जलवायु न्यायअन्तर्गत अन्तरराष्ट्रिय क्षतिपूर्तिसँगै आन्तरिक रूपमा राहतको न्यायोचित वितरण र नदीको सिरानदेखि पुछारसम्मको समग्र संरक्षण तथा पुनर्निर्माणमा छिमेकी मुलुकसँगको सहकार्यलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

समितिले यही कात्तिक १६ गतेसम्म विभिन्न मन्त्रालय तथा निकायसँग छलफल गरी कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने कार्यतालिका बनाएको छ ।

बुधबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

भर्खरै

  • १.
    हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

  • २.
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

  • ३.
    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • ४.
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ५.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ६.
    नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

  • ७.
    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

  • ८.
    जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.