भक्तपुर– बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला भएका छन्।
Advertisement
कोभिड-१९ महामारीका कारण चैत ०७६ देखि सर्वसाधारणका लागि बन्द भएका भक्तपुर दरबार स्क्वाएरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
‘कोरोना भाइरस संक्रमण शुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो। अब कोरोना महामारी कम भएको छ, त्यसैले भक्तपुर तलेजु साढे दुई वर्षपछि दर्शनार्थीका लागि खुला गरेका छौँ,’ उनले भने।
स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायत ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रवेश पाउन थालेका छन्।
नेपाल टेलिभिजनबाट