• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल


    Avatar photo
बुधबार, कार्तिक १२, २०८३ मा प्रकाशित

काठमाडौं- आज २८ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९१८- चेकोस्लोभाकियालाई स्वतन्त्रता

मध्य एसियाली राष्‍ट्र चेकोस्लोभाकियाले आजकै दिन अस्ट्रो-हंगेरियन साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो। सन् १७०० को अन्तिम समयदेखि चेकोस्लोभाकिया उक्त साम्राज्यको अधिनमा थियो। पहिलो विश्‍वयुद्धको अन्त्यसँगै उक्त साम्राज्य पतनको दिशामा थियो। र, सोही समयमा थोमस मासारिकको नेतृत्वमा राष्‍ट्रवादीहरूले आन्दोलनमार्फत स्वतन्त्रता प्राप्त गरे। मासारिक नै चेकोस्लोभाकियाका प्रथम राष्‍ट्रपति बने। १ जनवरी १९९३ मा चेकोस्लोभाकिया चेक र स्लोभाक रिपब्लिकका रूपमा दुई अलग राष्‍ट्र बने। र, चेकोस्लोभाकियाको पहिचान मेटियो।

– सन् १९१९- अमेरिकामा मदिरा बिक्री वितरण अवैध

सन् १९१९ मा आजकै दिन अमेरिकी संसद कंग्रेसले मदिराको बिक्री वितरण निषेध गर्ने कानून पारित गरेको थियो। संविधानको १८औं संशोधनमार्फत चिकित्सा र धार्मिक उद्देश्यबाहेक मदिरा बिक्री वितरण निषेध गरिएको थियो। उक्त कानूनलाई हाउस जुडिसियरी कमिटीका अध्यक्ष एन्ड्र्यु भोल्स्टेडको नाम दिइएको थियो। उनी नै उक्त कानूनका प्रायोजक थिए। डिसेम्बर १९३३ मा संविधानको २१औं संशोधनमार्फत मदिरा बिक्री वितरण खुला गरिएको थियो।

– सन् १९३८- जर्मनीले निष्‍कासन गर्‍यो १७ हजार यहुदी

जर्मनीले आजकै दिन आफ्नो मुलुकमा बसिरहेका पोल्यान्डका १७ हजार यहुदीहरूलाई देश निकाला गरेको थियो। निष्‍कासित यहुदीहरूलाई पोल्यान्डले शरण दिन अस्वीकार गरेको थियो।

– सन् १९९५- सुरुङमार्गमा भएको आगलागीमा ३०० को मृत्यु

अजरबैजानमा आजकै दिन सुरुङमार्गमा भएको आगलागीमा परी ३०० भन्दा बढीको मृत्यु भएको थियो। राजधानी बाकुका दुई मेट्रो स्टेसनहरू उल्दुज र नारीमानोभ जोड्ने सुरुङमार्गमा आगलागी भएको थियो। आगलागीका कारण निस्केको धुवाँमा निसासिएर धेरैको मृत्यु भएको थियो।

– सन् २००७- अर्जेन्टिनामा निर्वाचित पहिलो महिला राष्‍ट्रपति

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले आजकै दिन निर्वाचित प्रथम महिला राष्‍ट्रपति चयन गरेको थियो। क्रिस्टिना फर्नान्डेज डी किर्चनरले इतिहास बनाएकी थिइन्। सन् २०११ को निर्वाचनमा उनी फेरि राष्‍ट्रपति निर्वाचित भइन्। उनी अर्जेन्टिनाकी प्रथम महिला राष्‍ट्रपति भने होइनन्। यसअघि नै तत्कालीन राष्‍ट्रपति हुवाँ पेरोनको निधनपछि उनकी पत्‍नी इसाबेल मार्टिनेज डी पेरोनलाई राष्‍ट्रपति चयन गरिएको थियो। तथापि, उनी मतदाताबाट निर्वाचित थिइनन्। तर, उनी नै संसारकी पहिलो महिला राष्‍ट्रपति हुन्।

– सन् २०२१- आधुनिक मानवको प्रत्यक्ष पूर्वज

शोधकर्ताहरूले आजकै दिन अफ्रिकाका एक नयाँ मानव पूर्वज पत्ता लगाएको घोषणा गरेका थिए। ‘होमो बोडोएन्सिस’ नाम दिइएको उक्त पूर्वज करिब ५ लाख वर्षअघि ‘मध्य प्लेइस्टोसिन’ कालको हो। र, आधुनिक मानवको प्रत्यक्ष पूर्वज पनि।

– सन् २०२१- संसारको सबैभन्दा ठूलो फर्स मोजाइक

सन् २०२१ मा आजकै दिन पुरातत्वविद्हरूले संसारकै ठूलो फर्स मोजाइक सार्वजनिक गरेका थिए। प्यालेस्टिनको वेस्ट ब्यांकस्थित जेरिकोमा हिशाम प्यालेसको जीर्णोद्धारपछि उक्त मोजाइक फेला परेको थियो। उक्त प्यालेस ६६० देखि ७५० ईस्वी संवतमा निर्माण भएको अनुमान छ।

– सन् २०२२- समुद्री तुफानमा मारिए ११२

सन् २०२२ मा आजकै दिन फिलिपिन्समा आएको शक्तिशाली समुद्री तुफानमा परी ११२ जनाले ज्यान गुमाएका थिए। उक्त तुफानलाई ‘नाल्गे’ नाम दिइएको थियो।

– सन् २०२४- ह्वात्तै घट्यो बेलायतको जन्मदर

सन् २०२४ मा आजकै दिन बेलायतमा १७२ वर्षयताकै कम जन्मदर देखिएको घोषणा गरिएको थियो। उक्त घोषणाअनुसार सन् २०२३ मा प्रतिमहिला १.४४ बच्चाको प्रजनन दर रेकर्ड भएको थियो।

– सन् २०२५- ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

सन् २०२५ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिलमा प्रहरी कारवाहीमा परी आपराधिक क्रियाकलापमा संलग्न १३२ जना मारिएका थिए। र, अन्य ५६ जना पक्राउ परेका थिए। त्यहाँको प्रहरीले क्रिमिनल ग्याङहरू र अवैध लागूपदार्थ ओसारपसारमा संलग्‍नहरू विरुद्ध व्यापक कारवाही चलाएको थियो। त्यहाँको दोस्रो ठूलो शहर रियो-डि-जेनेरियोमा प्रहरीले आपराधिक क्रियाकलापविरुद्ध ठूलो अपरेसन चलाएको थियो।

बुधबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर
राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने
टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !
हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

भर्खरै

  • १.
    विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

  • २.
    राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ३.
    टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

  • ४.
    हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

  • ५.
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

  • ६.
    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • ७.
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.