• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

झटारो : ह्यान्सम मने कमरेडको रिस !

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा


    Avatar photo
शुक्रबार, कार्तिक ०७, २०८३ मा प्रकाशित

अर्जेन्टिना- अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो ।

अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गर्नुभयो । मुख्य प्रतिवादी तथा उहाँका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताउनुभएको छ ।

म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा हृदयाघात र फोक्सोमा तरल पदार्थ जम्ने समस्याका कारण मृत्यु भएको थियो । मस्तिष्कको सानो शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उहाँ ब्युनस आयर्सनजिकै टिग्रेस्थित निजी निवासमा बस्नुभएको थियो ।

अप्रिलमा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए । अभियोजन पक्षले सात प्रतिवादीमध्ये छ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ । लुकेका लागि सबैभन्दा बढी १२ वर्ष सजाय माग गरिएको हो । उहाँको कानूनी टोलीले ध्वनि रेकर्डिङ, वैज्ञानिक लेख र शव परीक्षणको भिडियो प्रस्तुत गर्दै आफूलाई फसाइएको दाबी गरेको थियो ।

मुद्दाको मुख्य विषय म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णय लापरवाहीपूर्ण थियो वा थिएन भन्ने हो । अभियोजन पक्षले निवासमा अस्पतालको शय्या, मुटुको धड्कन नियमित गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्सजस्ता आधारभूत सुविधा नभएको विषयलाई लापरवाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।

चिकित्सा विशेषज्ञहरूका अनुसार मृत्यु हुनुअघि म्याराडोनाको शरीरमा तरल पदार्थ जम्ने, मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने र सास फेर्न कठिनाइ हुनेजस्ता गम्भीर लक्षण देखिएका थिए । हेरचाहकर्ताले ती सङ्केतप्रति समयमै ध्यान नदिएको उनीहरूले बताएका थिए ।

 

शुक्रबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग
उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
झटारो : ह्यान्सम मने कमरेडको रिस !
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

भर्खरै

  • १.
    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

  • २.
    उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

  • ३.
    झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • ४.
    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

  • ५.
    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

  • ६.
    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

  • ७.
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

  • ८.
    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.