• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

झटारो : ह्यान्सम मने कमरेडको रिस !

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

  • १०. वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने


    Avatar photo
शुक्रबार, कार्तिक ०७, २०८३ मा प्रकाशित

काठमाडौँ- पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो ।

‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए ।

उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् ।

उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् ।

समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् ।

फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

शुक्रबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग
उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
झटारो : ह्यान्सम मने कमरेडको रिस !

भर्खरै

  • १.
    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

  • २.
    उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

  • ३.
    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

  • ४.
    म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

  • ५.
    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

  • ६.
    झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • ७.
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

  • ८.
    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.