• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

सभापति लामिछाने भारत जाँदै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

विश्‍व घटना : २४ सय वर्ष पुरानो जहाजको भग्‍नावशेष !

राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

लोकप्रिय समाचार

  • १. झटारो : कालो चश्माको कमाल

  • २. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ८. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ९. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • १०. दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु


    Avatar photo
मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित

बोगोटा- कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ ।

नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ । घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ । तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ ।

घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ । दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ ।

नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसबाट पूरै परिवार प्रभावित भएको बताउनुभएको छ ।

कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन् । तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन् । उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ ।

कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पु¥याउन अवरोध नगर्न आग्रह गरेको छ । “हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ”, कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
सभापति लामिछाने भारत जाँदै
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

भर्खरै

  • १.
    इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

  • २.
    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

  • ३.
    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

  • ४.
    सभापति लामिछाने भारत जाँदै

  • ५.
    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

  • ६.
    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

  • ७.
    विश्‍व घटना : २४ सय वर्ष पुरानो जहाजको भग्‍नावशेष !

  • ८.
    राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.