• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०

राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

ठगीको आरोपमा फरार ठाकुर पक्राउ

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • २. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ३. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ४. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ५. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ७. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ८. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • ९. सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

  • १०. साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०


    Avatar photo
बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

काठमाडौं- आज १५ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटना छन्, जसले यस दिनलाई सदावहार स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १७८३- मानिस सवार विश्‍वको पहिलो बेलुनको उडान

२४३ वर्षअघि आजकै दिन फ्रान्सका हुवाँ फ्रास्वाँ पिलात्रेले बेलुनमा चार मिनट उडेर कीर्तिमान कायम गरेका थिए। उनी नै हट एयर बेलुनमा उडान भर्ने पहिलो मानव हुन्। उनी उडेको बेलुन उडानका पायोनियरहरू जोसेफ माइकल र ज्याक्स इटिन्‍ने मोन्टोगल्फियरले निर्माण गरेका थिए। मोन्टोगल्फियर दाजुभाइ नै विश्‍वको पहिलो बेलुनको निर्माण र त्यसको डकमा राखेर मानिसलाई उडाउन सफल भएका थिए।

– सन् १९८७- बुर्किनाफासोका राष्‍ट्रपतिको हत्या

पश्‍चिम अफ्रिकी मुलुक बुर्किनाफासोका राष्‍ट्रपति थोमस संकाराको आजकै दिन गोली हानी हत्या गरिएको थियो। ब्लेज कोम्पाउहेको नेतृत्वमा भएको सैन्य ‘कु’का क्रममा उनको हत्या गरिएको थियो। त्यसो त, थोमस पनि सैन्य ‘कु’मार्फत नै सत्तामा आएका थिए।

– सन् १९९०- मिखायल गोर्भाचेभलाई नोबेल पुरस्कार

तत्कालीन सोभियत संघका अन्तिम राष्‍ट्रपति स्वर्गीय मिखायल गोर्भाचेभलाई सन् १९९० मा आजकै दिन नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो। अमेरिका र तत्कालीन सोभियत संघबीच जारी शीतयुद्धको अन्त्यका लागि दिएको योगदानको कदरस्वरूप उनलाई उक्त अवार्ड दिइएको थियो।

– सन् २००३- चीनको पहिलो मानवयुक्त अन्तरिक्ष मिसन

सन् २००३ मा आजकै दिन मानवसहितको चीनको पहिलो अन्तरिक्ष मिसन ‘सेन्चोउ-५’ प्रक्षेपण गरिएको थियो। चीनको उत्तरी क्षेत्रस्थित गोबी मरुभूमिमा निर्मित जिउकुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उक्त यान पठाइएको थियो। सोही मिसनमार्फत चीन पनि मानवयुक्त अन्तरिक्ष यान पठाउने मुलुकहरूको क्लबमा आबद्ध भएको थियो। त्यसअघि अमेरिका र तत्कालीन सोभियत संघले मात्र यस्तो मिसन अन्तरिक्षमा पठाएका थिए।

– सन् २०१८- मध्य अमेरिकी आप्रवासीको क्याराभान

सन् २०१८ मा मेक्सिको र अमेरिका हिँडेका आप्रवासीहरूको क्याराभान ग्वाटेमाला पुगेको थियो। त्यस क्याराभानमा ४ हजार जना मध्य अमेरिकी मुलुकका बासिन्दाहरू थिए। उनीहरूले होन्डुरसबाट पैदल यात्रा शुरु गरेका थिए।

– सन् २०२४- तेल ट्यांकर विष्‍फोटमा मारिए १७०

सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा इन्धन बोकेको ट्यांकर विष्‍फोट हुँदा कम्तिमा १७० जना मारिएका थिए। जिगावा नामक प्रान्तमा पल्टिएको ट्यांकरबाट तेल निकाल्न भेला भएका स्थानीयवासी सोही ट्यांकरमा आगो लागेर विष्‍फोट हुँदा मारिएका हुन्।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
ठगीको आरोपमा फरार ठाकुर पक्राउ
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०

  • ३.
    राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ४.
    प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

  • ५.
    चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • ६.
    ठगीको आरोपमा फरार ठाकुर पक्राउ

  • ७.
    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

  • ८.
    किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.