• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

महानगरहरूमा रोचक बन्यो महाभिडन्त


बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । सबैको चासोका रुपमा रहेको काठमाडौँ महानगरको मत गणना पनि अन्तिम अवस्थामा पुगेको छ । यस्तै, अन्य चार पालिकाको मत परिणाम आउन बाँकी छ ।

Advertisement

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगर, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा र बाजुराको बूढीगंगा नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।

काठमाडौँ महानगरको अन्तिम मत परिणाम आजै आउने सम्भावना रहेको छ । करिब ७ हजार मत गन्न बाँकी हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । अब अन्तिम मत गणना गरी विजय घोषणा गर्न मात्रै बाँकी छ ।

काठमाडौँका मेयर बालेनको विजय घोषणासँगै देशका सबै महानगरको अन्तिम मत परिणाम सम्पन्न हुनेछ । जसमा सबैभन्दा रोचक भिडन्तका रुपमा काठमाडौँ, भरतपुर र पोखरा महानगरलाई हेरिएको थियो ।

निर्वाचनअघिको चुनावी सभाहरूमा आफू पहिलो हुने बताउँदै आएका केशव स्थापित तेस्रो स्थानमा पुगे ।

काठमाडौँमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो । तर, मत गणनादेखि अगाडि देखिएक स्वतन्त्र उम्मेदवार बालेन साहको विजय सुनिश्चित भइसकेको छ ।

निर्वाचनअघिको चुनावी सभाहरूमा आफू पहिलो हुने बताउँदै आएका केशव स्थापित तेस्रो स्थानमा पुगे । दुईपटक मेयर भइसकेका उनी निरिह बन्दा गुमनाममा रहेकी अर्थात कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती दोस्रो भइन् ।

तर, देशका ठूला पार्टीका उम्मेदवारहरू सिंह र स्थापित पराजित हुँदै गर्दा स्वतन्त्र उम्मेदावर बालेन करिब दोब्बर मतले विजयी हुने भएका छन् । उनको जितसँगै काठमाडौँमा पहिलोपटक स्वतन्त्र उम्मेदवार मेयरमा विजयी भएको नयाँ इतिहास बनेको छ ।

यस्तै, अर्को रोचक भिडन्त भरतपुर महानगरमा भयो । नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः मेयरमा उम्मेदवारी दिएसँगै यहाँको निर्वाचन रोचक भएको हो । यहाँ नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले जित्ने धेरैले अनुमान गरेका थिए ।

उनले आफ्नो अडान नछाडेपछि सत्ता गठबन्धनकै भविष्यमाथि प्रश्न चिन्ह खडा हुन पुग्यो । यसलाई भरतपुरमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप स्पष्ट बनाए ।

यस महानगरमा जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीले थप रोचक बनायो । नेपाली कांग्रेसबाट असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका उनले कांग्रेसको भोट काट्दा एमालेका उम्मेदवार विजय सुवेदीले जित्ने आकलन गरिएको थियो । उनको उम्मेदवारी फिर्ता गराउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम भरतपुर पुगेका थिए ।

यस्तै, जगन्नाथको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठसमेत दुई दिन भरतपुरमा बसेर कसरत गरे । तर, जगन्नाथले उम्मेदवारी फिर्ता नगर्ने बताए ।

उम्मेदवारी फिर्ता गराउन कांग्रेस नेता रामचन्द्र पौडल जगन्नाथकै निवासमा पुगे । अनेक प्रलोभन देखाए । तर, उनले आफ्नो अडान नछाडेपछि सत्ता गठबन्धनकै भविष्यमाथि प्रश्न चिन्ह खडा हुन पुग्यो । यसलाई भरतपुरमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप स्पष्ट बनाए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भरतपुरमा रेनु मेयरमा पराजित भए देश दुर्घटनामा जाने चेतावनी दिए । उनले मेयरमा रेनुको जित भए कांग्रेससँग २० वर्षसम्म सहकार्य गर्ने बाचा गरे । सोही सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलालाई पराजित गरे विश्वले हेर्ने दृष्टि फरक हुने र रेनुलाई आफैले उम्मेदवारी दिन लगाएकोसम्म भन्न भ्याए ।

सत्ता र शक्तिको चरम प्रयोग भए पनि भरतपुरमा जगन्नाथको उम्मेदवारी फिर्ता गराउन सरकार नै सफल हुन सकेन । जसले यस महानगरको चुनावलाई महाभिडन्त बनायो ।

निर्वाचन सकेपछिको सुरुवाती मत गणनाले पनि थप रोचक बन्यो । सुरुवाती अवस्थामा रेनु दाहाल र विजय सुवेदीको मतान्तर केही भोटले मात्रै भएको थियो । यसैबीच जगन्नाथले ल्याएको मतले अब कस्तो होला भन्ने उत्सुकता जगायो ।

तर, अन्तमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार मतान्तर विजयी भई । उनले एमालेका विजय सुवेदीलाई पराजित गरिन् । तर, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जगन्नाथ नै भए ।

भर्खरै पार्टी बनेको नेकपा एस पार्टीका धनराजले धेरै कम मत पाउने आशा गरिएको थियो । तर, निर्वाचनपछि मत गणना भएसँगै उनी एमालेका थापाभन्दा अगाडि देखिए ।

गत स्थानीय निर्वाचनमा रेनु दाहाललाई विजयी गराउन मतपत्र च्यातिएको आरोपले पनि यस निर्वाचनलाई थप रोचक बनाएको थियो ।

महानगरको अर्को रोचक प्रतिस्पर्धा पोखरामा भयो । यस महानगरमा एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादीले एमालेकै उम्मेदवारलाई चुनौती दिएसँगै निर्वाचन रोचक बन्न पुगेको हो ।

एमालेको गढसमेत मानिएको यस महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका धनराज आचार्य र एमालेका कृष्णबहादुर थापाको भिडन्त बन्यो । सुरुवाती दिनमा एकै पार्टीमा रहेर सहकार्य गरेका सहयात्री नै मेयरका प्रतिस्पर्धी थिए ।

भर्खरै पार्टी बनेको नेकपा एस पार्टीका धनराजले धेरै कम मत पाउने आशा गरिएको थियो । तर, निर्वाचनपछि मत गणना भएसँगै उनी एमालेका थापाभन्दा अगाडि देखिए ।

अन्ततः पार्टी बनेको सात महिनामा चुनावमा होमिएको पार्टी नेकपा एसका उम्मेदवार धनराजले जित हात पारे । उनले कुनैबेलाका आफ्नै सहकर्मी तथा नेकपा एमालेका कृष्णबहादुरलाई ६ हजार मतान्तरले पराजित गरे ।

अघिल्लोपटक भोट दिएका जनताले यसपटक सरावगीलाई भोट दिएनन् । उनलाई मेयरबाट पराजित गरिदिए । तर, सत्ता गठबन्धनका उम्मेदवार जसपाकै युवा नेताले सिंहलाई भोट दिए ।

यसैगरी वीरगञ्ज महानगरको मेयरका लागि भएको निर्वाचन पनि रोचक बन्न पुग्यो । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएर मेयर बनेका विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरे । त्यसपछि उनै सरावगी एमालेबाट मेयरका उम्मेदवार बने ।

पहिलोपटक मेयर बनेर नाम कमाएका सरावगी पुनः मेयर बनेर दोहोरिने चर्चा नभएको होइन । तर, उनी आफ्नै पूर्वपार्टी जसपाका उम्मेदवार युवा नेता राजेशमान सिंहसँग पराजित बने ।

अघिल्लोपटक भोट दिएका जनताले यसपटक सरावगीलाई भोट दिएनन् । उनलाई मेयरबाट पराजित गरिदिए । तर, सत्ता गठबन्धनका उम्मेदवार जसपाकै युवा नेताले सिंहलाई भोट दिए ।

मेयरमा विजयी भएका सिंहले सरावगीको भन्दा दोब्बर मत पाए । अर्थात ४६ हजार मत ल्याए । उनको प्रतिद्वन्द्वी सरावगीले २३ हजार मात्रै भोट पाए ।

काठमाडौँ उपत्यकाको अर्को महानगर ललितपुरको निर्वाचनलाई पनि चासोका रुपमा हेरिएको थियो । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोस्रोपटक मेयर बन्ने दाउमा थिए । उनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार मेयर बन्न जोड बल गर्दै थिए ।

तर, पहिलोपटक मेयर बनेर राम्रो काम गरेका महर्जनलाई पुनः जनताले पत्याइदिए । निर्वाचनपछि मत गणना हुँदा सुरुदेखि नै अग्रता लिएका महर्जनले जितको नतिजा सर्वाजनिक हुँदासम्म अग्रता कायमै राखे । महर्जनले ४२ हजार मत पाउँदा व्यञ्जनकारले जम्मा २४ हजार मात्रै मत पाए ।

यस्तैगरी, विराटनगर महानगरको निर्वाचनमा केही रोचक बन्न पुग्यो । मूलतः नेपाली कांग्रेसका उम्मेदार नागेश कोइराला आफै चेपुवामा परे । यस महानगरमा उनको जित भयो । सुरुमा नै उनको उम्मेदवारीको विषयलाई लिएर पार्टीभित्र विवाद भएको थियो ।

कोइराला परिवारका नेताहरू वरिष्ठ नेता शेखर कोइराला र शंशका कोइरालाको जोड बलमा उनले उम्मेदवारी दिन पाएका थिए । उनको उम्मेदवारीलाई लिएर कोइराला परिवार र पार्टी सभापति देउवाबीच टसल भएको थियो । १४ औँ महाधिवेशनमा विभाजित भएको कोइराला परिवारका नेताहरू शेखर, शशांक र सुजता कोइराला एकै ठाउँमा आए ।

अन्ततः नागेशले नेकपा एमालेका उम्मेदवार सागर कुमार थापालाई ९ हजार भोट मतान्तरले पराजित गरे ।

  • काठमाडौँ
  • पाेखरा
  • महानगर
  • सरकार
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.