अफगानिस्तानमा बुधबार एकै दिन भएका चार विष्फोटमा परी १५ जनाले ज्यान गुमाएका छन्।
Advertisement
एक मिनी बस र मस्जिदमा विष्फोट भएका हुन्। समाचार एजेन्सी रोयटर्सले स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार मजार–ए–सरिफ इलाकामा एक मिनी बसमा तीनवटा विष्फोट भए। त्यसमा परी १० जनाको मृत्यु भयो, अन्य १५ जना घाइते भए।
यस्तै, राजधानी काबुलको एक मस्जिदमा भएको विष्फोटमा पाँचजना मारिए। मस्जिदमा प्रार्थना गर्न गएका अन्य २२ जना घाइते भए। मजार–ए–सरिफमा भएको विष्फोटको जिम्मा अतिवादी संगठन इस्लामिक स्टेटले लिएको छ।
काबुलको मस्जिदमा भएको विष्फोटमा परी पाँचजनाको मृत्यु भएको स्थानीय अस्पतालले बताएको छ। त्यस घटनामा घाइते भएका २२ जना उपचाररत रहेको अस्पतालको भनाइ छ। मस्जिदभित्र पंखामा बम राखिएको थियो।