• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ४. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ६. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ७. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ८. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • ९. विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

  • १०. विश्‍व घटना : अमेरिकामा २३ हजार वर्ष पुरानो मानव पाइला

विश्‍व घटना : ८८८ वर्षअघिको भूकम्पले लिएको थियो अढाइ लाखको ज्यान


    Avatar photo
आइतबार, असोज २५, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् ११३८- ८८८ वर्षअघिको भूकम्पले लिएको थियो २ लाख ३० हजारको ज्यान

आजभन्दा ८८८ वर्षअघि अर्थात् सन् ११३८ मा आजकै दिन हालको सिरियामा गएको महाभूकम्पमा २ लाख ३० हजार जनाको ज्यान गएको थियो। भूकम्पबाट क्षतिको उक्त आँकडाको अनुमान १५औं शताब्दीको एक स्रोतमा आधारित छ। सिरियाको अलेप्पो क्षेत्र भूकम्पबाट तहसनहस भएको थियो। अलेप्पोको गढ, त्यस नजिकको मुस्लिम किल्ला, हरेकस्थित क्रुसेडरहरूको किल्लाबन्दी भूकम्पबाट ध्वस्त भएका थिए। तथापि, यो भूकम्प ७.१ रेक्टरस्केलको मात्र थियो। अविश्‍वसनीय रूपमा त्यति ठूलो जनधनको क्षति हुनुको मुख्य कारण त्यतिबेला भूकम्प प्रतिरोधी भवनहरू निर्माणको कुनै सोच नै विकास भएको थिएन।

– सन् १८९९- दोस्रो बोयर युद्ध शुरु

तत्कालीन ब्रिटिस र आइरिस सेनाबीच आजकै दिन दोस्रो बोयर युद्ध शुरु भएको थियो, जुन करिब ३ वर्ष चलेको थियो। बोयर्सहरूले ट्रान्सवाल र ओरेन्ज फ्रि स्टेटका लागि ब्रिटेनसँग युद्ध गरेका थिए। तथापि, युद्धको मुल कारण त्यस क्षेत्रमा रहेको सुन, हीरा र खनिज पदार्थमाथि स्वामित्त्वमा रहेको विवाद थियो। सन् १९०२ मा अंग्रेजहरूले आयरल्यान्ड र बोयर्सलाई कब्जामा लिएपछि युद्ध अन्त्य भएको थियो। बोयर्स शब्द किसानका लागि अफ्रिकीहरूले प्रयोग गर्छन्। त्यतिबेला ती क्षेत्रमा अफ्रिकीहरूको बसोबास थियो।

– सन् १९११- वुचाङ विद्रोह

चीनको वुचाङमा आजकै दिन क्‍विङ डाइनेस्टीविरुद्ध विद्रोह भएको थियो। त्यसबाट क्‍विङ डाइनेस्टीको पतन भयो र चीनमा गणराज्य स्थापना भयो। यस दिनलाई ताइवानमा विशेष रूपमा मनाइन्छ।

– सन् १९८४- अन्तरिक्षमा वाक गर्ने प्रथम अमेरिकी महिला

क्याथरिन सुलिभान अन्तरिक्षमा वाक गर्ने प्रथम महिला बनेकी थिइन्। उनले खगोलशास्त्री डेभिड लिस्टमासँग मिलेर साढे ३ घण्टा अन्तरिक्षमा यात्रा गरेकी थिइन्। उनीहरू स्पेस सटल च्यालेन्जर मिसन एसटीएस-४१-जीमार्फत अन्तरिक्षमा पुगेका थिए। उक्त मिसन कुनै मानव निर्मित भूउपग्रहमा इन्धन भर्ने अभ्यासका रूपमा पठाइएको थियो। र, त्यसमा दुई महिला थिए। सुलिभानसँगै गएकी थिइन्, सल्ली राइड।

– सन् २०००- नासाको अन्तरिक्ष सटल कार्यक्रमका सयौं मिसन

स्पेस ट्रान्सपोर्टेसन सिस्टम (एसटीएस)को नाममा चिनिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको स्पेस सटल कार्यक्रमको एक सयौं मिसन आजकै दिन पठाइएको थियो। यो बाह्य अन्तरिक्षमा मानिसको पहिलो खोजी अभियान थियो। यसको पहिलो उडानमा कोलम्बिया, च्यालेन्जर, डिस्कभरी, अटलान्टिस र एन्डेभर सामेल थिए। १२ अप्रिल १९८१ मा पहिलो उडान भएको थियो। एक सयौं उडानलाई एसटीएस-९२ नाम दिइएको थियो। यही उडानमार्फत डिस्कभरीले ३०औं पटक अन्तरिक्षमा उडान भरेको थियो।

– सन् २०१८- विश्‍वकै लामो उडान

सन् २०१८ मा आजकै दिन सिंगापुर एयरलाइन्सले सिंगापुर र अमेरिकाको न्युजर्सीबीच १७ घण्टा ५२ मिनटको उडान गरेको थियो। त्यो त्यतिबेलाको विश्‍वकै लामो नन-स्टम कमर्सियल उडान थियो।

– सन् २०२४- २४ को नोबल शान्ति जापानीलाई

सन् २०२४ मा आजकै दिन त्यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी संगठन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो। प्रत्यक्षदर्शीहरूको माध्यमबाट किन परमाणु हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नु हुँदैन भनेर संसारलाई बुझाएको उक्त संगठनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति
राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

  • ३.
    राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ४.
    प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

  • ५.
    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

  • ६.
    जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

  • ७.
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

  • ८.
    रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.