• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

तुलसीपुरमा पहिलो थारू महिला उपमेयर, अनाथ बालबालिकाकी सहारा


बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ। तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन।

Advertisement

२०४९ सालमा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए। प्रमुखमा शंकरप्रसाद आचार्य र उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ थिए। त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो।

यस्तै, ०५४ सालमा प्रमुखमा एमालेका ढुण्डिराज लामिछाने र उपप्रमुख घनश्याम पाण्डे थिए। पाण्डे ०७४ सालको निर्वाचनमा मेयर निर्वाचित भए। उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित भएकी थिइन्।

यसपालिको पालिका चुनावमा भने तुलसीपुरले थारू महिलालाई उपमेयर निर्वाचित गरेको छ। नीति निर्माण तहमा थारू महिला पुग्नु भनेको आफ्नो समुदायका लागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपमेयर स्यानी चौधरीले बताइन्।

को हुन् स्यानी चौधरी ?

बालबालिका सडकमा हिँडिरहेका हुन्छन्। भोक तिर्खाले उनीहरूको सीमा नाघिसकेको हुन्छ। के खाउँ, के गरौँ भइरहेको हुन्छ। यो दृश्य स्यानी चौधरीले देख्छिन्, अनि उनका आँखा रसाउँछन् र सोच्छिन्, यस्ता बालबालिकालाई मैले पाल्छु।

न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै भरथेग। मात्र आफ्नै लगानीमा दिदी संघसंस्था दर्ता गरिन् उनले। त्यस्ता बालिबालिकालाई आश्रय दिन थालिन्। तुलसीपुर–६ डुम्रीगाउँस्थित आफ्नै घरमा उनले उक्त संस्था सञ्चालनमा ल्याएर सहाराविहीन बनेका, सडकमा भाँैतारिएर हिँड्ने बालबालिकालाई आश्रय दिँदै आएकी छन्।

उनले आफ्नै कमाइबाट बालबालिकालाई पालन पोषण गर्न थालिन्। ‘मेरा छोराछोरी पनि छैनन्। तर, मलाई छोराछोरीको कुनै अभावको महशुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरीजसरी नै पालेकी छु,’ उनले भनिन्।

अहिले उनीसँग ३० बालबालिका छन्। पहिले डुम्रीगाउँमा मात्रै उनीहरूलाई राख्ने गरेको भए पनि केही महिनायता फूलबारीमा पनि शाखा खोलेकी छन्। ०६१ मा उनले ‘दिदी घर’ संस्था सञ्चालन गरेको हुन्। ०७२ सालसम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिब विद्यार्थीलाई आर्थिक सहयोग पनि गरिन्। उनकै आर्थिक सहयोगमा पढेका विद्यार्थी अहिले केहीले डिग्री पास पनि गरिसकेका छन्। कोहीले कानून पढ्दैछन्, कोही जागिरे छन्। आश्रय दिएका बालबालिकालाई पढाउन घरमै शिक्षिका राखेकी छन्।

स्यानीले पनि स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। पढाइका लागि उनले गरेको संघर्षको आफ्नै कथा छ। उनको घर पहिले फूलबारी हो। त्यहाँ विद्यालय थिएनन्। त्यसैले उनी पढ्नका लागि उरहरी आउनुपर्थ्यो। उरहरी आउँदा बर्षातमा बबई नदीको भेल पार गर्नुपर्थ्यो। कहिलेकाहीँ मात्र डुंगा पाइन्थ्यो। नत्र, उर्लिएको नदी पौडेरै पार गर्नुपर्थ्यो।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो। त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिइन् तर निकै कठिन संघर्ष गरेर। ‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो,’ उनले भनिन्, ‘त्यसपछि म आफँै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथें।’

थारू समुदायमा कमैया, कम्लहरी प्रथा व्याप्त थिए। ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योगदान दिएकी छन्। पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्नसमेत वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोसजाँगर दिने काम गर्दै आएकी छन्, स्यानीले।

राससबाट

बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.