• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

रुँदै एमाले छाडे, चुनावमा जनताले पनि छाडे


    Avatar photo
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

काठमाडौं- झापा मेचीनगरका एमाले नेता डिल्लीराम घिमिरेले २९ चैतमा आफूमाथि अन्याय भएको उल्लेख गर्दै पार्टी परित्याग गरे। ३१ वर्षसम्म एमालेमा संगठित उनले पार्टी छाड्दै गर्दा आँशु रोक्न सकेनन्।

Advertisement

एमाले त्यागेर उनी कुनै अर्को दलमा आबद्ध भएनन्। र, स्वतन्त्र हैसियतमा मेचीनगर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिए। मेचीनगरका निवर्तमान जनप्रतिनिधिहरू माथि भ्रष्टाचारको बात लाग्यो। नगर नेतृत्वले नै छानविनका लागि अख्तियार गुहार्नुपर्‍यो।

उपमेयरको उम्मेदवारका रूपमा घिमिरेले नगरलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका थिए। देशभर स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने लहर चलिरहँदा घिमिरे भने त्यो अवसरबाट बञ्चित भए।

पार्टीहरूतिरै एकोहोरिएका मतदाताले उनीतिर नजर दिन भ्याएनन्। चुनावी अभियानमा उनी आफू दौडिनुभन्दा ठाउँ-ठाउँबाट बोलाएर उनका कुरा सुनेका थिए, मतदाताले। तर, त्यो मतपेटिकासम्म पुग्न सकेन। र, उनी पराजित भए।

मतदाताले यसअघिकै उपमेयर मीना पोखरेल उप्रेतीलाई जिताए। उप्रेतीले २१ हजार ५९० मत पाउँदा माओवादी केन्द्रका प्रकाश भण्डारी १२ हजार ८१८ मा खुम्चिँदै दोस्रो बने। त्यसपछि पालो आयो, राप्रपाकी सविना बजगाईंको। उनले नौ हजार ८८० मत पाइन्।

मंगोल नेसनल अर्गनाइजेसनकी शिखा लिम्बू दुई हजार २४ मतसहित चौथो बनिन्। अनि मात्र घिमिरेको पालो आयो। पाँचौं स्थानमा उनले ११ सय ९९ मत मात्र पाए।

सरकारी जागिरमा छँदै ०३६ सालको जनमत संग्रहमा खुला रूपमै बहुदलका पक्षमा मत हालेका कारण उनको जागिर गएको थियो र १७ दिन हिरासतमा परेका थिए। हिरासतबाट भागेर बंगलादेश पुगे। त्यहाँ पनि पक्राउ परे। पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल बंगलादेशमा नेपालको राजदूत भएका बेला उनी जेलमुक्त भएर स्वदेश फर्किए।

बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचनमा उनी काँकडभिट्टा गाविसको अध्यक्ष निर्वाचित भए। ०४९ देखि ०५४ सालसम्मको उनको कार्यकालमा काँकडभिट्टाले नगरको रूप धारण गर्‍यो। त्यसयता निरन्तर राजनीति र सामाजिक गतिविधिमा क्रियाशील छन्। देवकोटा पार्क संरक्षण समिति अध्यक्ष, मेचीनगर नगरपालिका न्यायिक समिति अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रमा करिब १२ वर्ष अध्यक्ष, खेलकुद विकास समिति झापाका अध्यक्ष, मदन भण्डारी स्पोर्टस् एकेडेमी, झापाका अध्यक्ष, एमाले जिल्ला कमिटी सचिवालय सदस्य, पर्यटन तथा वातावरण समाजका अध्यक्ष, आदर्श समाजका अध्यक्षलगायत दर्जनौँ संघसंस्थाका नेतृत्व गरेको अनुभवी घिमिरेलाई यसपालि मतदाताले पनि न्याय दिन सकेनन्।

आफूलाई विश्वास गरेर मतदान गर्ने ११ सय ९९ जनालाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन्। र, अन्याय सहेर बाँचिरहनुभन्दा न्यायको पक्षमा संघर्ष गरेर मर्नु निको ठानेकैले आफूले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। आगामी दिनमा पनि गरिब, निमुखा, दिनदुःखीहरूको पक्षमा चल्ने बताएका छन्।

बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.