• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

सिद्धिचरण लोकमार्ग अवरुद्ध

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ७. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ८. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ९. रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • १०. डुकुछापको खोरमा दोस्रो चितुवा

काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस


    Avatar photo
शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

काठमाडौँ- विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् ।

देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिनुभयो ।

“देशका विभिन्न भागबाट काठमाडौँ जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्”, उहाँले भन्नुभयो ।

यस्तै, बिहीबार बिहानैदेखि मुलुकको सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् । नदी बढेसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।

यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गर्नुभयो ।

असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन् ।

 

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात
रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता
वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
सिद्धिचरण लोकमार्ग अवरुद्ध
भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

भर्खरै

  • १.
    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • २.
    कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

  • ३.
    रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४.
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

  • ५.
    सिद्धिचरण लोकमार्ग अवरुद्ध

  • ६.
    भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

  • ७.
    सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

  • ८.
    चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.