• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

सिद्धिचरण लोकमार्ग अवरुद्ध

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ७. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ८. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ९. रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • १०. डुकुछापको खोरमा दोस्रो चितुवा

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड


    Avatar photo
बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ- प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औँल्याउनुभयो । अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताउनुभयो ।

बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले पनि एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । बेलायतले आगामी वर्ष जी–२० को अध्यक्षता गर्दा एआईको सुरक्षित विकासलाई प्राथमिकताका साथ उठाउने उहाँले जानकारी दिनुभयो ।

तर अमेरिकी पक्षले एआई विकासलाई नयाँ विश्वव्यापी शासन संरचनाबाट सीमित गर्ने प्रयासप्रति सावधानी अपनाउन आग्रह गरेको छ । ह्वाइट हाउसका विज्ञान सल्लाहकार माइकल क्रेटसिओसले एआईसम्बन्धी जोखिमका कारण प्रविधिको विकास रोक्न नहुने बताउनुभयो । चीनका लागि संयुक्त राष्ट्रसङ्घीय राजदूत फु कङले भने एआई विकासमा सबै मुलुकलाई समान अवसर दिनुपर्ने र प्रविधिलाई केही शक्तिशाली मुलुकबीचको प्रतिस्पर्धामा सीमित गर्न नहुने धारणा राख्नुभयो ।

बैठकमा एआईबाट जीवन र मृत्युका निर्णय गर्ने अवस्था तथा स्वचालित हतियारको सम्भावित जोखिमबारे पनि चिन्ता व्यक्त गरिएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धका क्रममा मानिसको सट्टा एआईले निर्णय गर्ने अवस्था आउनुअघि मानव नियन्त्रण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, अमेरिका र चीनबीच एआईसम्बन्धी सुरक्षा घटनाबारे सूचना आदानप्रदान गर्ने सम्भावित नयाँ संयन्त्रबारे छलफल भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । बैठकले एआईबाट प्राप्त हुने लाभसँगै यसको सुरक्षा, मानव नियन्त्रण र जवाफदेहिताका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बहसलाई थप अघि बढाएको छ ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात
रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता
वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
सिद्धिचरण लोकमार्ग अवरुद्ध
भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

भर्खरै

  • १.
    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • २.
    कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

  • ३.
    रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४.
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

  • ५.
    सिद्धिचरण लोकमार्ग अवरुद्ध

  • ६.
    भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

  • ७.
    सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

  • ८.
    चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.