Advertisement
काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत गणना अब नौ पालिकामा मात्रै बाँकी रहेको छ ।
निर्वाचन आयोगमा १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएसँगै घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगर, प्रदेश १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ ।
सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।