काठमाडौँ । काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल निर्वाचित भएकी छन् । मत गणना बाँकी हुँदै गर्दा उनी विजयी भएकी हुन् ।
Advertisement
महानगरमा एक लाख ६६ हजार मत गणना हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।
अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा डंगोल ४० हजार मतान्तर अगाडि रहेकी छन् ।