बर्दिया । जिल्लाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा दिपेश थारू र उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएक हुन् ।
Advertisement
थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजंग शाहले नौ हजार ७६० पाए । यस्तै, नेकपा एमालेका पहारी चौधरीले ६ हजार ७२ मात्रै पाएका थिए ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत पाउँदा एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२ पाइन ।
उक्त पालिकामा माओवादीले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १, २ र ९ कांग्रेसले जित्दा वडा नं ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।