काठमाडौँ । काठमाडौं महानगरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी सिर्जना सिंह आफ्नौ वडामा पछि परेकी छन् । उनको वडा १६ नम्बर पर्छ ।
Advertisement
उक्त वडामा समेत स्वतन्त्र उम्मेदवार बालेन साह दोब्बर मतले अगाडि रहेका छन् । सिंहले एक हजार १९० मत पाउँदा साहले दुई हजार ५६९ मत पाएका छन् ।
त्यस्तै यो वडामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९९० मत मात्रै पाएका छन् । अहिले वडामा कूल खसेको मतमध्ये ६ हजार ४५३ मत गणना भएको छ ।
स्वतन्त्र उम्मेदवार साहले अहिलेसम्म ५५ हजार भोट पाएका छन् । उनलाई सिंह र स्थापित निकै ठूलो मतान्तरसहित पछ्याइरहेका छन् ।