काठमाडौँ । काठमाडौँ महानगरमा एक लाख ६६ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले ५४ हजार २१३ मत पाएका छन् ।
Advertisement
बालेनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । दुईपटक काठमाडौँको मेयरसमेत भइसकेका स्थापितले ३३ हजार ६०९ मत पाएका छन् ।
अहिले १३ देखि १७ गरी कूल पाँच वडाको मत गणना भइरहेको छ ।