• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

विश्‍व घटना : ३१ हजार वर्ष पुरानो अपरेसन !


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

काठमाडौं– आज ७ सेप्‍टेम्बर। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३६- लोप भयो तस्मानियन बाघ

सन् १९३६ मा आजकै दिन तस्मानियन प्रजातिको बाघ लोप भएको घोषणा गरिएको थियो। होबार्ट चिडियाखानामा अन्तिम जीवित उक्त प्रजातिको बाघ मरेको थियो। उक्त बाघलाई बेन्जामिन नाम दिइएको थियो। उक्त प्रजातिको बाघ अस्ट्रेलिया र न्यू गिनीको रैथाने थियो। अत्यधिक शिकार र डिंगोजस्ता आक्रामक प्रजातिको उपस्थितिपछि उक्त तस्मानियन टाइगर धर्तिबाट लोप भएको थियो।

– सन् १९४०- लन्डनमाथि जर्मनीको बमबारी

सन् १९४० मा आजकै दिन जर्मनीले बेलायतको राजधानी लन्डनमाथि बमबारी शुरु गरेको थियो। ५७ दिनसम्म जर्मनीले लन्डनमा हवाई बमबारी गर्‍यो। त्यसमा परी २० हजारभन्दा बढी मानिस मारिए। र, १० लाखभन्दा बढी घर ध्वस्त भए। मे १९४१ सम्म बमबारी जारी रह्यो। त्यसपछि जर्मनीले तत्कालीन सोभियत संघमाथि आक्रमण थालेको थियो।

– सन् १९७७- पनामा क्यानल पनामालाई नै दिने सन्धि

सन् १९७७ मा आजकै दिन पनामा क्यानल पनामालाई नै दिने सन्धि भएको थियो। टोरिजोस-कार्टर सन्धिमा अमेरिका र पनामाका तत्कालीन राष्‍ट्रपतिहरूले हस्ताक्षर गरेका थिए। एटलान्टिक महासागरलाई प्रशान्त महासागरसँग जोड्ने उक्त नहर त्यतिन्जेल अमेरिकाको नियन्त्रणमा थियो। नहर निर्माण सम्पन्‍न भएपछि सन् १९०४ देखि उक्त क्यानल अमेरिकाले नै सञ्‍चालन गर्दै आएको थियो।

– सन् १९७८- बुल्गेरियन लेखकको नृशंस हत्या

सन् १९७८ मा आजकै दिन बुल्गेरियाका लेखक जर्जी मार्कोभको नृशंस हत्या भएको थियो। सरकारसँग असन्तुष्‍ट उनले सन् १९६९ मै बुल्गेरिया छाडेका थिए। हत्याको समयमा उनी बेलायतको राजधानी लन्डनमा बीबीसीमा कार्यरत थिए।

– सन् १९९९- एथेन्स भूकम्पमा १४३ मारिए

सन् १९९९ मा आजकै दिन ग्रिसको एथेन्समा गएको ५.९ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा १४३ को ज्यान गएको थियो। ५०० भन्दा बढी घाइते भएको उक्त भूकम्पका कारण ५० हजार जनसंख्या घरबारविहीन भएको थियो।

– सन् १९९९- एथेन्स भूकम्पमा मारिए १४३

सन् १९९९ मा आजकै दिन ग्रिसको एथेन्समा गएको ५.९ रेक्टर स्केलको भूकम्पमा १४३ जनाको ज्यान गएको थियो। त्यसमा परी ५०० भन्दा बढी घाइते भए भने ५० हजार मानिस घरबारविहीन भएका थिए।

– सन् २०१७- मेक्सिको महाभूकम्पमा ९० मारिए

सन् २०१७ मा आजकै दिन मेक्सिकोमा गएको ८.२ रेक्टरस्केलको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो। दक्षिण-पश्‍चिम क्षेत्रस्थित पिजिजियापान क्षेत्र भूकम्पबाट तहसनहस भएको थियो। यो मेक्सिकोमा आएको शताब्दीकै ठूलो भूकम्प थियो। सन् २०१२ मा चीनको दक्षिण-पश्‍चिमी क्षेत्रमा भूकम्प गएको थियो। त्यसमा परी ७१५ जना घाइते भएका थिए।

– सन् २०२२- ३१ हजार वर्षअघि अपरेसनको प्रमाण

सन् २०२२ मा आजकै दिन बोर्नियोको गुफामा भेटिएको मानव कंकालमार्फत ३१ हजार वर्षअघि पनि शल्यक्रिया हुने गरेको प्रमाण फेला परेको थियो। कालीमन्तनको गुफामा फेला परेको खुट्टाको काटिएको तल्लो भाग शल्यक्रिया गरेको प्रमाण पाइएको थियो। उक्त खोजको रिपोर्ट ‘नेचर’मा प्रकाशित भएको थियो।

– सन् २०२३- चीनमा बाढीबाट १४० को मृत्यु

सन् २०२३ मा चीनका हङकङ, सेन्जेन र दक्षिणी शहरहरूमा मुसलधारे वर्षापछिको बाढीले १४० जनाको ज्यान लिएको थियो।

– सन् २०२४- यागी साइक्लोनले लियो १२७ को ज्यान

सन् २०२४ मा चीनमा साइक्लोन यागीले १२७ जनाको ज्यान लिएको थियो। उक्त तुफानको सबैभन्दा बढी प्रभाव चीनको हाइनान प्रान्त र भियतनामको उत्तरी क्षेत्रमा देखिएको थियो। तुफानले भारी वर्षा गराएको थियो, जसको गति प्रति घण्टा २३० किलोमिटर थियो।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

भर्खरै

  • १.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • २.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ३.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ४.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ५.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

  • ६.
    राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

  • ७.
    सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८.
    एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.