काठमाडौँ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
पक्राउ परेका शिक्षकलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ । कक्षा ११ मा अध्ययनरत एक छात्राले पक्राउ परेका शिक्षकविरुद्ध दुर्व्यवहारको आरोप लगाएकी छन् ।
विद्यार्थीहरूले गौशालास्थित प्रहरी कार्यालयअगाडि आन्दोलन गरिरहेका छन् ।