काठमाडौँ । एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगर २० का २० वर्षीय शेखनवी आलम र २१ वर्षीय शेख सलिम छन् ।
प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरूलाई बारा जितपुर सिमरा १० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।