• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ४. बड्का भलमन्साको विलाप !

  • ५. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन

    Avatar photo
बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

नुवाकोट-  भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

“नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव सङ्कलनको पहिलो चरणको काम पूरा गरेको छ”, प्रहरी प्रमुख रेग्मीले भन्नुभयो, “जमिनको सतह, घरभित्र देखिने अवस्थाका शव सङ्कलन गरिएकाले कहीँकतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।”

प्रहरीले अब उत्खनन र खानतलासीमार्फत शव सङ्कलन सुरु गरेको जनाएको छ । संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई जमिनको सतहमा सशस्त्र प्रहरी बल र सङ्कलन भएको शव हवाई उडानमार्फत ल्याउन हेलिकप्टर प्रयोगमा नेपाली सेनाले सहयोग पु¥याउँदै आएको छ ।

शव सङ्कलनअन्तर्गत सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरमा एकैस्थानमा २१ जनाको शव बरामद भएको थियो । उक्त स्थानमा सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान भन्ने ठानेर आश्रय लिएका व्यक्ति भएको जनाइएको छ । उक्त स्थानबाट सङ्कलन भएको अधिकांश शवको बेत्रावतीमा पहिचान नभएसँगै परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई प्रहरीले खानतलासीमार्फत पुरिएका स्थानमा शव खोजतलास सुरु गरेको हो ।

यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ ।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ
सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक
प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’
रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भर्खरै

  • १.
    अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

  • २.
    सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

  • ३.
    प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

  • ४.
    रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

  • ५.
    भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • ८.
    राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.