काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भएको छ । मत गणना अन्तिम चरणमा पुग्दै गर्दा उनले आफ्नो अग्रता कायमै राखेका छन् ।
Advertisement
उनले ५० हजार मत कटाएका छन् । अहिलेसम्म एक लाख ५० हजार ७२० भोट गणना भइसक्दा बालेनले ५० हजार ९८ भोट पाएका हुन् ।
उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । बालेन र सिंहको मतान्तर झण्डै २० हजार रहेको छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । उनले २९ हजार ९९७ मत पाएका छन् ।
काठमाडौंमा कुल एक लाख ९१ हजार १७१ भोट खसेको थियो । अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ ।