काठमाडौँ । काठमाडौं महानगरमा ७० प्रतिशत मत गणना सम्पन्न भएको छ । जसमा बालेन शाहले अग्रता कायम राखेका छन् ।
Advertisement
बालेन १८ हजार ५५९ मतले अगाडि रहेका छन् । एक लाख ३४ हजार ८७ मत गन्दा उनले मात्रै ४५ हजार ९८२ मत पाएका छन् ।
बालेनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याउँदै पछ्याइरहेकी छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । उनले २६ हजार ४५४ मत पाएका छन् ।