काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले नेकपा एमाले अस्ताउँदो र नेकपा एकीकृत समाजवादी उदाउँदो अवस्थामा रहेको बताएका छन् ।
Advertisement
स्थानीय तहको निर्वाचनको मत परिणामपछि नेता खतिवडाले यस्तो बताएका हुन् । ‘यो निर्वाचनमा एमाले घटेको छ, हामी बढेका छौँ, यो राम्रो पक्ष हो,’ उनले भने ।
नेपाली हेडलाइनसँग कुरा गर्दै उनले थपे, ‘हामी एमाले छाडेर सडकमा सुत्न तयार भएका हौँ, जनताले जे भन्छन्, हामी त्यहीँ मान्छौँ ।’
इमानदार नैतिकवान निष्ठाको राजनीति गर्ने कार्यकर्ता ठूलो जमात रहेको भन्दै उनले प्रत्येक ठाउँमा पार्टीको संगठन पूरै विस्तार नगर्दा पनि राम्रो नतिजा आएको बताए ।
हालसम्म स्थानीय तहको चुनावमा एकीकृत समाजवादीले १९ पालिका प्रमुख जितेको छ । यस्तै, दुई पालिकामा अग्रता रहेको छ ।
उपप्रमुखमा भने २१ ठाउँमा जित्दा दुई ठाउँमा अग्रता कायम राखेको छ ।