काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याउँदै पछ्याइरहेकी छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् । उनी सिर्जनाभन्दा ११ सय २ मतले पछाडि रहेका छन् । उनी दुईपटक काठमाडौंको मेयर बनिसकेका छन् ।
यस्तै, उपमेयरमा एमालेकै उम्मेदवार सुनिता डंगोलले ४४ हजार ७०५ मत ल्याउँदै अगाडि रहेकी छन् । उनलाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत ल्याउँदै पछ्याइरहेका छन् ।
अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मत गणना भइरहेको छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।
हालसम्म एक लाख २४ हजार ५४४ मत गणना सकिएको छ ।