काठमाडौं- १०९ वटा स्थानीय तह रहेको लुम्बिनीमा कांग्रेसले सबैभन्दा धेरै पालिकामा जित हासिल गरेको छ।
यो प्रदेशमा कांग्रेसले ४५ पालिकामा जित हासिल गरेर पहिलो बनेको हो। एमाले र माओवादीले २५–२५ पालिका प्रमुख जितेका छन्। स्वतन्त्र उम्मेदवार चार ठाउँमा विजयी भएका छन् भने जसपाले तीन र लोसपाले एक पालिका प्रमुख जितेका छन्। ६ वटा पालिकामा मत गणना जारी छ।
पश्चिम नवलपरासी
सातवटा पालिका रहेको पश्चिम नवलपरासीमा कांग्रेसले तीनवटा पालिका जितेको छ। एमालेले तीन र माओवादी केन्द्रले एउटा पालिका प्रमुख जितेको छ। उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक जितेका छन्।
रुपन्देही
१६ वटा पालिका रहेको रुपन्देहीमा कांग्रेसले आठ पालिका प्रमुख जितेको छ भने दुईवटा पालिकामा अग्रतामा छ। एमालेले तीनवटा पालिका जितेको छ।
जसपाले एक र स्वतन्त्र उम्मेदवारले एक पालिका जितेका छन्। लोसपाले एउटा पालिकामा लिड गरिरहेको छ। उप्रमुखमा एमालेले ६ पालिका जितेको छ। कांग्रेसले चार पालिका जितेको छ। स्वतन्त्र उम्मेदवारले दुई पालिका जितेका छन्। जसपाले एक जितेको छ भने एक ठाउँमा लिड गरिरहेको छ।
पाल्पा
१० वटामा स्थानीय तह भएको पाल्पामा एमालेले पाँच पालिका प्रमुख जितेको छ भने एक पालिकामा लिड गरिरहेको छ। कांग्रेसले तीन पालिका प्रमुखमा विजय हासिल गर्दा माओवादी केन्द्रले एक पालिका प्रमुखमा जितेको छ।
उपप्रमुखमा एमालेले चार पालिकामा जित हासिल गरेको छ भने एक पालिकामा लिड गरिरहेको छ। कांग्रेसले चार पालिका उपप्रमुख जितेको भने माओवादी केन्द्रले एक पालिका उपप्रमुख जितेको छ।
कपिलवस्तु
कपिलवस्तुमा १० वटा स्थानीय तह छन्, जसमा कांग्रेसले तीनवटा पालिका प्रमुख जितेको छ भने एकमा लिड गरिरहेको छ। एमालले तीन पालिका जितेको छ। जसपा र लोसपाले एक–एक पालिमा जितेका छन्। स्वतन्त्र उम्मेदवार पनि एउटा पालिकामा विजयी भएका छन्।
उपप्रमुखमा एमालेले चारवटा जितेको छ भने कांग्रेसले तीनमा जित निकालेको छ। कांग्रेस एउटा पालिकामा अग्रतामा छ। माओवादी र जसपाले १–१ वटा जितेका छन्।
प्युठान
प्युठानमा नौवटा स्थानीय तह छन्। प्युठानमा कांग्रेस र माओवादीले तीन–तीनवटा पालिका प्रमुख जितेका छन् भने एमालेले एउटा पालिकामा जितेको छ। स्वतन्त्र उम्मेदवारले एक पालिकामा जितेका छन्।
उपप्रमुखमा भने कांग्रेसले चार, एमालेले दुई, स्वतन्त्रले दुई र माओवादी केन्द्रले एक पालिकामा जितेका छन्।
रोल्पा
रोल्पामा १० वटा पालिका छन्, जसमा माओवादी केन्द्रले सात, कांग्रेसले दुई र एमाले एक पालिका प्रमुखमा जितेका छन्। उपप्रमुखमा माओवादी केन्द्रले सात र कांग्रेसले तीन ठाउँमा जितेका छन्।
पूर्वी रुकुम
तीनवटा स्थानीय तह रहेको रुकुम पूर्वमा माओवादी केन्द्रले तीनवटै पालिका प्रमुख जितेको छ। उपप्रमुखमा भने माओवादी केन्द्रले दुई र एमालेले एक स्थानमा जितेका छन्।
दाङ
१० वटा स्थानीय तह भएको दाङमा कांग्रेसले सबैभन्दा धेरै पाँच पालिका प्रमुख जितेको छ। दोस्रोमा रहेको माओवादी केन्द्रले तीन प्रमुख जितेको छ भने एक पालिकामा अग्रता लिएको छ।
उपप्रमुखमा भने कांग्रेसले सात पालिकामा जितेको छ। एमालेले दुईमा जितेको छ भने एक ठाउँमा अग्रता लिएको छ।
गुल्मी
१२ वटा स्थानीय तह रहेको गुल्मीमा कांग्रेसले पाँच पालिका प्रमुख जितेको छ। माओवादी केन्द्रले चार पालिकामा जितेको छ भने एमालेले तीन पालिका प्रमुख जितेको छ। उपप्रमुखमा एमालेले सात र कांग्रेसले पाँच पालिकामा जितेका छन्।
अर्घाखाँची
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा एमालेले तीन पालिका प्रमुख जितेको भने कांग्रेसले दुई। स्वतन्त्र उम्मेदवारले एउटा पालिका प्रमुख जितेका छन्। उपप्रमुखमा एमालेले पाँच पालिकामा जितेको छ भने माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ।
बाँके
बाँकेमा आठवटा स्थानीय तह छन्। तीमध्ये कांग्रेसले ६ पालिका प्रमुख जितेको छ भने माओवादी केन्द्र र जसपाले एक–एक वटामा जित निकालेका छन्। कांग्रेसले ६ पालिका उपप्रमुख जितेको छ भने जसपाले दुई पालिकामा विजय हासिल गरेको छ।
बर्दिया
बर्दियामा आठवटा स्थानीय तह छन्, जसमा कांग्रेसले पाँच पालिका प्रमुख जितेको छ। माओवादी केन्द्रले दुई र एमालेले एउटा पालिका प्रमुख जितेका छन्।
उपप्रमुखमा कांग्रेसले चारवटा पालिकामा जितेको छ भने एमालेले तीन र माओवादी केन्द्रले एउटामा जित निकालेका छन्।