• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

दुवइ- मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा दश जनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement

इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकार बीच सन् २०२२ मा भएको युद्धविराम गत महिना देखि अन्त्ये हुँदा बिहीबार मारिब प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्तीमा ५८ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रन्डबर्गले एक विज्ञप्ति जारी गर्दै यमनले सन् २०२२ अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविराम पछिको समयमा पनि यमनका विभिन्न क्षेत्रमा ठूलो द्वन्द्वको जोखिमको सामना गरिरहेको जनाउनु भएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीचको तिक्तताको बीचमा, उहाँले दुवै पक्षलाई संयमीतता अपनाउन र सद्भावसहित वार्तामा फर्कन आह्वान गर्नु भएको छ ।

मारिबमा हालै भएको हुथी आक्रमणमा आठ जना सरकारी सेनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको यमनी सैन्य स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यमन सरकारका स्वास्थ्य मन्त्रीले विद्रोहीहरूले मारिब सहरमा आवासीय क्षेत्र र विस्थापन शिविरहरूलाई लक्षित गरी गोलाबारी गर्दा कम्तीमा दुई जना सर्वसाधारणको मृत्यु हुनुका साथै १४ जना घाइते भएको बताउनुभको छ ।

विद्रोहीहरूले मारिब प्रान्तको सरकारी सैन्य शिविरमा आक्रमण गरेको दाबी गरेका छन् ।

आक्रमणको केन्द्रमा रहेको साउदीले आफ्नो सेनालाई परिचालन गरी हतियार, सवारी साधन र सैन्य उपकरणसहित साहन अल–जिन शिविरमा ठूलो सङ्ख्यामा मिसाइल र ड्रोनले आक्रमण गरेको हुथीका प्रवक्ता याह्या सारीले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

स्वास्थ्य मन्त्री कासिम बुहाइबेहल सामाजिक सञ्जाल एक्समा आतङ्कवादी हुथी मिलिसियाले शुक्रबार मारिब सहरमा आवासीय भवन र विस्थापितहरुका शिविरहरूलाई निशाना बनाएर गरेको आक्रमणमा अनुसार–दुई जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाउनुभएको छ ।

हुथीहरूले मारिब प्रान्तमा सैन्य शिविरहरूलाई लक्षित गरी १० वटा भन्दा बढी मिसाइलहरू र सात वटा एकतर्फी ड्रोनहरू पनि प्रक्षेपण गरेको नाम नछाप्ने सर्तमा यमनी सैन्य स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

साउदी सेनाका नजिकको एक स्रोतलाई उदृत गर्दै एएफपीले सन् २०१५ देखि यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धन हुथी आक्रमणको विरुद्धमा मूर्खतापूर्वक खडा नहुने जनाएको छ ।

गठबन्धनले तनाव नबढाए पनि साउदी अधिकारीहरूले मारिब प्रान्तमा हुथीको कब्जा स्वीकार नगर्ने जनाएका छन् ।

विद्रोहीहरूले यमनी सरकारी सेनाको निर्माणको प्रतिक्रियामा बिहीबार धेरै केन्द्रहरुमा आक्रमण गरेको बताएका छन् ।

विद्रोहीहरुले गरेको मिसाइल तथा ड्रोन आक्रमणले कम्तिमा ५८ जना सरकारी सैनिकको ज्यान लिएको मारिबमा, सेनाको स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यस अघि यमनी सैन्य स्रोतले मारिब सहरको उत्तरमा सिरवाह र अल–कसारा र झडप भइरहेको बताएको थियो ।

विद्रोहीहरूले यस क्षेत्रमा रहेको हतियार भण्डारमा पनि आक्रमण गरेको जनाइएको छ ।

मारिब प्रान्त हुथी र यमनी सरकारबिच विभाजित छ, जसले मारिब सहरका साथै यस क्षेत्रका तेल सुविधाहरू नियन्त्रण गर्दछ ।

सन् २०२१ मा हुथीहरूले मारिब प्रान्तमा आक्रमण पुनः सुरु गरेका थिए भने सन् २०२२ मा भएको युद्धविराम पछि लडाइँ धेरै हदसम्म रोकिएको जनाइएको छ ।

एक दशक भन्दा लामो समय युद्धमा फसेको यमनमा गत महिना तेहरान समर्थित हुथीहरूले सन् २०२२ को युद्धविरामलाई बढावा दिएपछि अमेरिका–इरान द्वन्द्वमा मुछिने नयाँ मोर्चा बनेको थियो ।

विद्रोहीहरूले यमनको राजधानी सानामा सिधै इरानी विमानलाई स्वागत गरे पछि बदलामा आक्रमणहरू सुरु भए पछि उनीहरूले साउदी अरबको समुद्री नाकाबंदीको घोषणा गरी ट्याङ्करहरूमा प्रहार गर्न थालेको जनाइएको छ ।

गत महिना, हुथीहरूले बन्दरगाह सहर होदेइदाहको दक्षिणमा सरकार–गठबन्धन सेनाहरूमा भएको आक्रमणमा १६ जना सैनिकहरूको हत्या गरेको चिकित्सा अधिकारीहरूले बताएका छन् ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

भर्खरै

  • १.
    हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

  • २.
    भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

  • ३.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ४.
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  • ५.
    ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

  • ६.
    जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

  • ७.
    टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

  • ८.
    चार क्विन्टल गाँजासहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.