• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

नोनथाबुरी- थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन् ।

Advertisement

नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार बिहान करिब १० बजे गोली प्रहार भएको थियो । घटनामा शिक्षक तथा प्रशासनिक कर्मचारीसहित विद्यालयका पाँच जनाको मृत्यु भएको उपगृहमन्त्री पोलापी सुवान्च्वीले बताउनुभयो ।

विद्यालयबाट करिब पाँच किलोमिटर टाढा रहेको बाङयाई अस्पतालका अनुसार घटनामा २३ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र अधिकांशलाई गोली लागेको अस्पतालले जनाएको छ ।

विद्यालयमा गोली चलाउनुअघि विद्यार्थीले आफू बस्दै आएको घरमा हजुरबुबा–हजुरआमालाई गोली हानेको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय प्रहरी कमान्डर वट्टाना यीजीनका अनुसार प्रहरीले घरमा दुवै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।

विद्यालयमा गोली चलाएपछि ती विद्यार्थीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार विद्यार्थीमा विद्यालयसँग सम्बन्धित तनावका लक्षण देखिएका थिए ।

प्रहरीका अनुसार घटनामा प्रयोग भएको सानो आकारको बन्दुक कानुनी रूपमा उहाँका हजुरबुबाको नाममा दर्ता भएको थियो । प्रहरी प्रवक्ता ट्राइरोङ पिवपानले विद्यार्थीले २० भन्दा बढी गोली चलाएको र पछि प्रहरीले घटनास्थलबाट करिब ३० राउन्ड गोली बरामद गरेको बताउनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि विद्यार्थीहरू कक्षाकोठाभित्र लुकेका थिए । पछि प्रहरीले ढोका खोलेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।

विद्यालयनजिकै रेस्टुरेन्ट सञ्चालन गर्ने अम्पन नियामफुङले सुरुमा एकपटक गोली चलेको आवाज सुनेको र केही समयपछि लगातार गोली चलेको बताउनुभयो । उहाँका अनुसार गोली चलेपछि विद्यार्थीहरू डराउँदै सडकतर्फ भागेका थिए ।

घटनापछि विद्यालयले अगस्त १० देखि १४ सम्म सबै कक्षा स्थगित गर्ने जनाएको छ । उक्त अवधिमा विद्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । परिवारका सदस्यहरूले विद्यार्थी सामान्यतया शान्त स्वभावको र पढाइमा राम्रो रहेको बताएका छन् । उनीहरूले विद्यार्थीले घर वा विद्यालयमा कुनै समस्या सामना गरिरहेको जानकारी आफूहरूलाई नभएको बताएका छन् ।

थाइल्यान्डमा उच्च बन्दुक स्वामित्व

थाइल्यान्डमा एसियाका अन्य धेरै मुलुकको तुलनामा नागरिकस्तरमा बन्दुक स्वामित्वको दर उच्च छ । सन् २०१७ मा गरिएको सानो आम्र्स सर्भेको अध्ययनअनुसार थाइल्यान्डमा प्रति १०० जनामा करिब १५ दशमलव एक नागरिकसँग बन्दुक रहेको पाइएको थियो ।

पछिल्ला वर्षमा थाइल्यान्डमा विद्यालय तथा सार्वजनिक स्थलमा गोली प्रहारका घटना दोहोरिएका छन् । गत फेब्रुअरीमा १७ वर्षीय किशोरले दक्षिणी थाइल्यान्डको एक सरकारी माध्यमिक विद्यालयमा गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

यसअघि सन् २०२३ मा पनि १४ वर्षीय किशोरले बैङ्ककको एक प्रमुख सपिङ मलमा गोली चलाएका थिए ।

 

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु
भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

भर्खरै

  • १.
    हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

  • २.
    भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

  • ३.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ४.
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  • ५.
    ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

  • ६.
    जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

  • ७.
    टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

  • ८.
    चार क्विन्टल गाँजासहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.