काठमाडौं । काठमाडौं महानगरपालिकामा ७५ हजार ५३५ मत गन्न बाँकी हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले करिब ४१ हजार मत पाएका छन् ।
Advertisement
मेयरका उम्मेदवार बालेन अहिलेसम्म ४० हजार ९२७ मत पाएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ५४८ पाएकी छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ६९६ मत पाएका छन् । हालसम्म काठमाडौँमा १५ वटा वडाको गणना सम्पन्न भएको छ ।